
पर्दामा देखिने कलाकारको जति महत्व हुन्छ, त्योभन्दा बढी पर्दापछाडिको हुन्छ । हाम्रोसामु आइपुग्दासम्मका दृश्यलाई जीवन्त बनाउन धेरैको मिहिनेत परेको हुन्छ । यस्तै, पात्रअनुसारको रूपरंगको पनि उत्तिकै महत्व हुन्छ । पात्र सुहाउँदो बनाउन होस् वा आकर्षक बनाउन, यो काममा महत्वपूर्ण भूमिका भने मेकअप आर्टिस्टले निर्वाह गरेका हुन्छन् । यस्तै, मेकअप आर्टिस्ट हुनुहुन्छ सञ्जिता ढकाल (सञ्जु) । बुबा प्रतबहादुर ढकाल र आमा मैयादेवी ढकालको कोखबाट नुवाकोटको ककनीमा जन्मिनुभएकी सञ्जु काठमाडौंमा रहेर आफ्ना क्रियशन पस्किरहनुभएको छ । विगत १५ वर्षदेखि उहाँ यो क्षेत्रमा निरन्तर रूपमा तल्लीन भएर लाग्नुभएको छ । यस अवधिमा उहाँले राजेश हमाल, धिरेन शाक्य, करिष्मा मानन्धर, झरना थापा, रेखा थापा, दीलिप रायमाझी, प्रदीप खड्का, अनमोल केसी, केकी अधिकारी, पल शाह, बेनिसा हमाल, मेनुका प्रधानदेखि अहिलेका नयाँ कलाकार, मोडल, नायक-नायिकासम्म अधिकांश कलाकारको मेकअप गर्नुभएको छ । उहाँले ठूलो पर्दाको चलचित्रसँगै वेबसिरिज, रियालिटी शो, फेसन शो, म्युजिक भिडियो, विज्ञापनमा आफ्नो कौशलता प्रदर्शन गर्नुभएको छ ।
उहाँले चलचित्र ‘रामकुमारी, चर्खा, हिटलर, रोमियो एण्ड मुना, एकलव्य, डमरुको डण्डिबियो, झिंगे दाउ, परदेशी २, ए साथी सुन, उपहार, मोहर, जनै हराएको बाहुन, तेलगु चलचित्र ‘ताइसन नाडु’, मराठी चलचित्र ‘सपना’, साउथ चलचित्र ‘मिराइ’, भोजपुरी, मैथिली, गुरुङ, मगर, तामाङ, लिम्बू विभिन्न जातजाति, भाषा र धर्महरूको पनि चलचित्रमा पनि उहाँले मेकअप गर्नुभएको छ । कलाकारहरूको सुन्दरताको राज बनिसक्नुभएकी सञ्जु आमाको प्रेरणाले यो क्षेत्रमा आएको बताउनुहुन्छ । असिस्टेन्ट भएर यो क्षेत्रमा होमिनुभएकी उहाँको यो क्षेत्रमा सानैदेखिको रुचि थियो । यससम्बन्धी प्रशिक्षणका साथै अग्रजसँग थप सिक्दै उहाँले आफूलाई निखार ल्याउँदै जानुभयो र यतिबेला धेरैको रोजाइ बन्न सफल हुनुभएको छ । उहाँले मेकअप आर्टिस्टका रूपमा काम गरेको पहिलो चलचित्र ‘कालापानी’ थियो । उहाँ ‘मेकअप आर्ट’ भित्र एउटा जीवन भएको मान्नुहुन्छ । त्यो जीवन जिउनुमा नै उहाँ गर्व पनि गर्नुहुन्छ । आफूले अब सकुन्जेल यही पेशालाई निरन्तरता दिने र आउने पुस्तालाई यो क्षेत्रबाट पनि केही गर्न सकिने सन्देश दिन चाहेको बताउनुहुन्छ । मेकअपले आत्मविश्वास पनि बढाउने बताउनुहुने मेकअप आर्टिस्ट सञ्जिता ढकाल (सञ्जु)सँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः–
यतिबेला के गर्दै हुनुहुन्छ ?
हालै ‘मोहर’, ‘जनै हराएको बाहुन’ चलचित्र सकिएको छ । केही भिडियोको काम पनि भइरहेको छ । यस्तै ‘सीता’ सिरियलमा पनि काम गरिरहेकी छु ।
‘धेरै कलाकारसँग काम गर्ने मौका पाएँ । नयाँदेखि पुराना कलाकारसँग काम गर्ने अवसर पाएको छु । मैले राजेश हमाल, धिरेन शाक्य, करिष्मा मानन्धर, झरना थापा, रेखा थापा, दीलिप रायमाझी, प्रदीप खड्का, अनमोल केसी, केकी अधिकारी, पल शाह, बेनिसा हमाल, मेनुका प्रधानदेखि अहिलेका नयाँ कलाकार, मोडल, नायक-नायिकासम्म अधिकांश कलाकारको मेकअप गरेकी छु । थुप्रै चलचित्रमा काम गरेँ । केहीको नाम लिनुपर्दा, ‘रामकुमारी, चर्खा, हिटलर, रोमियो एण्ड मुना, एकलव्य, डमरुको डण्डिबियो, झिंगे दाउ, आगो-२, परदेशी २, ए साथी सुन, उपहार, मोहर, जनै हराएको बाहुन’ लगायतका छन् । यस्तै, मैले तेलगु ‘ताइसन नाडु’, मराठी ‘सपना’, साउथ ‘मिराइ’, भोजपुरी, मैथिलीका साथै गुरुङ, मगर, तामाङ, लिम्बू विभिन्न जातजाति, भाषा र धर्मको चलचित्र पनि गरेकी छु ।’
कसरी आउनुभयो यो क्षेत्रमा ?
यो क्षेत्रमा मेरो सानैदेखिको रुचि थियो । खासमा म मेरी आमाको प्रेरणाले यो क्षेत्रमा आएँ । पुरानो मेकअप आर्टिस्ट साम्भाको असिस्टेन्ट भएर काम गरेँ सुरुमा । आमाले नै उहाँसँग भेट गराइदिनुभएको थियो ।
यहाँले मेकअप गरेको पहिलो चलचित्र कुन थियो र कसलाई मेकअप गर्नुभएको थियो याद छ ?
पहिलो चलचित्र ‘कालापानी’ थियो अनि चलचित्रको भिलेन पात्रलाई मेकअप गरेकी थिएँ । मेरो दोस्रो चलचित्र ‘सान्नानी’ थियो ।
अहिलेसम्म आउँदा कति जति चलचित्रमा मेकअप गर्नुभयो, केहीको नाम लिनुपर्दा ?
थुप्रै चलचित्र भए । केहीको नाम लिनुपर्दा, ‘रामकुमारी, चर्खा, हिटलर, रोमियो एण्ड मुना, एकलव्य, डमरुको डण्डिबियो, झिंगे दाउ, आगो-२, परदेशी २, ए साथी सुन, उपहार, मोहर, जनै हराएको बाहुन’ लगायतका रहेका छन् ।
यहाँले तेलगु, मराठी, साउथ, भोजपुरी, मैथिली चलचित्रमा पनि मेकअप गर्नुभएको छ होइन ?
हो, गरेकी छु । मैले तेलगु ‘ताइसन नाडु’, मराठी ‘सपना’, साउथ ‘मिराइ’, भोजपुरी, मैथिलीका साथै गुरुङ, मगर, तामाङ, लिम्बू विभिन्न जातजाति, भाषा र धर्मको चलचित्र पनि गरेकी छु ।
बाहिर र नेपालमा काम गर्दा कस्तो अनुभूति गर्नुहुन्छ ?
बाहिर अलिक प्रोफेसनल छन् भने हामीकहाँ अलिक त्यो हुन नसकेको हो कि । हामीले र उनीहरूले प्रयोग गर्ने सामग्री उस्तै भए पनि पर्दापछाडि काम गर्नेलाई त्यहाँ जति रेस्पेक्ट गरिन्छ हामीकहाँ त्यस्तो भएको पाइँदैन ।
कत्तिको चुनौती छ यो क्षेत्रमा ?
सबै क्षेत्रमा राम्रोसँगै नराम्रो र सफलतासँगै चुनौती आइरहेका हुन्छन् । मेकअप आर्टिस्ट देख्दा सजिलो पेशाजस्तो देखिए पनि चुनौती भने धेरै नै छन् । रातबिरात खटिनपुर्ने मेकअप आर्टिस्टको कार्य भएकाले यसमा हुने सानो त्रुटिले पनि कलाकारमा देखिने सुन्दरता भद्दा या कम पर्न जान्छ ।
राजेश हमालदेखि थुप्रै कलाकारलाई सिंगार्नुभएको छ होइन यो अवधिमा ?
मैले धेरै कलाकारसँग काम गर्ने मौका पाएँ । नयाँदेखि पुराना कलाकारसँग काम गर्ने अवसर पाएकी छु । मैले राजेश हमाल, धिरेन शाक्य, करिष्मा मानन्धर, झरना थापा, रेखा थापा, प्रदीप खड्का, अनमोल केसी, केकी अधिकारी, पल शाह, बेनिसा हमाल, मेनुका प्रधानदेखि अहिलेका नयाँ कलाकार, मोडल, नायक-नायिकासम्म अधिकांश कलाकारको मेकअप गरेकी छु ।
घरभित्र र बाहिरको काम गर्न कत्तिको सहज हुन्छ ?
एउटी महिलालाई गृहिणीका साथै कामकाजी बन्न त अलि गाह्रो नै हुन्छ तर परिवारको सहयोग र आफूभित्रको दृढ विश्वासले घरबाहिर काम गर्न सहज हुन्छ । मुख्य कुरा आफूमा भर पर्छ ।
नेपालीहरू सौन्दर्यप्रति कत्तिको सचेत पाउनुभएको छ ?
पहिलेको तुलनामा एकदमै सचेत भएका छन् । पहिले छोरी मानिसमात्रका लागि मेकअप भन्ने थियो । विवाह पार्टीमा जाँदा, चाडबाड आउँदा वा कुनै अकेजन कुरेर मानिसहरू फेसियल, हेयर स्ट्रेट, कलर आदि गर्थे भने अहिले चाहिँ मानिसहरू सौन्दर्यप्रति सचेत भएका छन् । मेकअपले आत्मविश्वास पनि बढाउँछ ।
कलाकारहरूमा महिला र पुरुषमध्ये को बढी सचेत छन् ?
पहिले महिला कलाकार बढी सचेत थिए, अहिले महिला पुरुष सबै सचेत हुनुहुन्छ ।
यो क्षेत्रमा आउन चाहनेलाई के भन्नुहुन्छ ?
सौन्दर्य क्षेत्रमा ज्ञान हासिल गरेर आयो भने यो क्षेत्र धेरै राम्रो छ । पहिले अन्य जातले कपाल काट्दा नाई हो र भन्ने, नराम्रो किसिमले हेर्ने, बोल्ने गर्थे । तर, अहिले यही पेशामा लागेकालाई मेकअप आर्टिस्ट, हेयर डिजाइनर भनेर सम्मानका साथ हेरिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच