गर्जिएथे सडकहरूमा, लहरे झन्डा बोकेर,
स्वतन्त्रताको सपना थियो, छातीमा आगो पोतेर ।
जनताको लासको सेतो कपडामा,
लेखिएको थियो- ‘अब राजा छैन, हामी हौँ सरकार ।’
तर...
हाम्रो चिहाइरहेको पेट अझै कराउँदैछ,
हाम्रो सपनाको आकाश अझै अन्धकारमा हराउँदैछ ।
जनताको सरकार भनिए पनि,
जन नै गुमनाम छन्, कुर्सीमात्र बोल्छ यहाँ ।
संविधानका अक्षरहरू,
पृष्ठहरूमा सुनिएका गीत जस्ता लाग्छन्,
तर न्याय माग्दा बन्द हुन्छ ढोका,
स्वतन्त्रता भनेको बन्दुकको नाल जस्तै लाग्छ ।
नेताको भाषण, फुर्सदिला शब्दहरू,
पसलका पोस्टर जस्ता रंगीन तर चिप्ला,
गणतन्त्रको नाममा ठूला महल बने,
तर जनताको झुपडी अझै हावामा थर्कन्छ ।
मानेको थियौँ, गणतन्त्र- चेतनाको क्रान्ति हो,
तर, चेतना बेपत्ता छ, सत्ता मात्र बाँडफाँडको खल्ती हो ।
गणतन्त्र अब कुनै उत्सव होइन,
यो जनताको आक्रोश हो, मौन विद्रोहको घोषणा हो ।
तर...
अझै ढिलो छैन, समय छ लेख्न इतिहास नयाँ,
जहाँ कुर्सी होइन, जनता हो मूलशासक, सत्कर्मको माया ।
उठ जनताज्यू ! अब फेरि उठ,
गणतन्त्रलाई चिन्न उठ !






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…