
काठमाडौं । अभिनेता राजेश हमालको कमव्याक फिल्म ‘नरसिंहा अवतार’ शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ ।
सरकारको आधिकारिक बक्सअफिसमा फिल्मले पहिलो साता १ करोड २२ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ ।
‘नरसिंहा अवतार’ मार्फत हमालले ८ वर्षपछि घरेलु फिल्ममा पुनरागमन गर्नुभएको हो । यो फिल्ममा हमालको शीर्ष भूमिका रहेको छ । दिवाकर भट्टराईले निर्देशन गर्नुभएको यो फिल्ममा राज कटुवाल, सनिशा भट्टराई, प्रशान्त ताम्राकार, उषा खड्गी, सरोज खनाल लगायतको अभिनय छ ।
शम्भुजीत बासकोटा र रचना रिमालको स्वर रहेको ‘अच्छा लिकिन लण्डनको चिसोले’ यतिबेला टिकटक र रिल्समा निकै रुचाइएको गीतमध्ये पर्छ ।
राजेश हमाललाई नै लिएर यो फिल्मको दोस्रो श्रृंखला पनि निमार्ण गर्ने निर्माताले घोषणा गरिसक्नुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच