चितवन । रमेश कोइराला निर्देशित चलचित्र ‘बिगुल’को छायांकन चितवनका विभिन्न स्थानमा भइरहेको छ । वैशाख अन्तिमबाट थालिएको ‘बिगुल’ को चितवन सेड्युल अन्तिम चरणमा पुगेको निर्देशक कोइरालाले जानकारी दिनुभएको छ । ‘अधिक गर्मीका बाबजुत पनि सहजताका साथ सुटिङ भइरहेको छ,’ निर्देशक कोइराला भन्नुहुन्छ, ‘हामी चितवनको सेड्युल समापन सम्मुख पुगेका छौं । बाँकी दुई गीत र केही सिन काठमाडौंमा खिच्ने छौं ।’ दिनेश कोइरालाको कथा रहेको चलचित्रमा समाजिक विषयवस्तु उठान गरिएको छ ।
बेनीशा हमाल, नरेन खड्का, विनोद न्यौपाने, नीर शाह, रविन्द्र खड्का, रमेश बुढाथोकी, गीता अधिकारी, सरोज खनाल, शिसिर वाङ्देल, ईश्वरी बराललगायतका साथमा नव अभिनेत्री मीरा पण्डित मुख्य भूमिकामा रहेको चलचित्रले मनोरञ्जनका साथमा समाजिक सन्देशसमेत प्रस्तुत गर्ने बताइन्छ । म्याग्नोलिया ग्रुपको ब्यानरमा महेश कोइराला र सूर्यकान्त कोइराला निर्माता रहेको चलचित्रको प्रस्तुतकर्ता कल्पना पौडेल हुनुहुन्छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको चलचित्रको गीतको कोरियोग्राफी कमल राई र कविराज गहतराजले गर्नुहुनेछ । शिव ढकालको छायांकन रहेको यो चलचित्रमा एनवी महर्जनको द्वन्द्व निर्देशन, मौनता श्रेष्ठको पटकथा, श्याम केसीको निर्माण व्यवस्थापन छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर