काठमाडौं । गायिका समीक्षा अधिकारी र नायक तथा गायक आमेश भण्डारीको स्वर रहेको गीत ‘फिक्का फिक्का’ सार्वजनिक भएको छ । कविराज गहतराजको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता सलोन बस्नेत र करिश्मा केसी बस्नेतलाई फिचरिङ गरिएको छ । यस गीतको शब्द रचना तथा संगीत गायक भण्डारीले नै गर्नुभएको हो भने म्युजिक एरेन्ज विश्व अधिकारीको छ ।
दावा बल तामाङको कोरियोग्राफी रहेको भिडियोलाई सौरभ लामाको टिमले छायांकन गरेको हो भने दृश्य सम्पादन दिनसन शाहले गर्नुभएको छ । गीतको भिडियो गायिका समीक्षा अधिकारी कै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…