काठमाडौं । एकपछि अर्को गीतमार्फत श्रोता/दर्शकको मन जित्न सफल गायिका/नायिका सारिका घिमिरेको स्वरमा रहेको नयाँ गीत ‘गुन भुलेउ’ सार्वजनिक भएको छ । सारिकाकै शब्द, संगीत र मनोज परियारको एरेञ्ज एवं मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
केशवराज भट्टको निर्देशन रहेको गीतको भिडियोमा सारिका आफैं फिचरिङ हुनुहुन्छ । अर्जुन खड्काको सिनेमेटोग्राफी र दृश्य सम्पादन रहेको गीतको भिडियो सारिकको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यो गीत टिकटकमा निक्कै ‘भाइरल’ भएको छ ।
गीतमा आफूले माया गरेको मान्छे, आफूले गुन लगाएको मान्छेले भुल्दै गएको पीडा व्यक्त गरिएको छ । भुलेर जाने मायालाई सारिकाले गीतमार्फत गुनासो गर्नुएको छ ।
नायिका तथा गायिका सारिकाले पछिल्लो समय गायनमार्फत चर्चा बटुल्न सफल हुनुभएको छ । नेपाली चलचित्र क्षेत्रमा आफ्नो राम्रो पहिचान बनाउनुभएकी सारिका यतिबेला गायिकाका रूपमा आफ्नो पहिचानलाई अग्लाई रहनुभएको छ ।
एक दर्जनभन्दा बढी चलचित्रमा अभियन गर्नुभएकी उहाँ तीन दर्जन जति गीतका भिडियोमा पनि देखिनुभएको छ । पछिल्लो समय गायिकाका रूपमा ख्याति कमाउँदै जानुभएकी घिमिरेका केही गीत करोडौं क्लबमा पनि पर्न सफल भएका छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि