काठमाडौं । गीतकार एवं नेपाल सरकारका सहसचिव डा.भीष्मकुमार भुसालका एकसाथ दुई गीत सार्वजनिक भएका छन् । आफ्नो जन्मदिन एवं गणतन्त्र दिवसको अवसरमा उहाँका ‘स्वर्ग यहीँ लुकेको छ’ र ‘थरिथरि पात झरे’ सार्वजनिक गर्नुभएको हो ।
गैरे सुरेशको संगीत रहेको ‘स्वर्ग यहीँ लुकेको छ’ बोलको जागरण गीतमा स्वरूपराज आचार्य, रूपा गुरुङ, अञ्जलि राई र रमिला मगरले स्वर दिनुभएको छ ।
गीतले नेपाल बनाउने देवदूत अरू कोही होइन, हामी प्रत्येक नेपाली हौं भन्ने वास्तविकतालाई स्वीकार गरेर राष्ट्र निर्माणमा सबैजना जुट्न प्रेरणा दिने खालको छ । त्यस्तै रामकृष्ण ढकालको स्वर रहेको र बीबी अनुरागीको एरेन्जमा उत्तम पौडेलले संगीत गरेको ‘थरिथरि पात झरे’ बोलको गीतले वृद्धावस्थामा हुने मनोदशा प्रस्तुत गरिएको छ ।
यसले ज्येष्ठ नागरिकहरूलाई दुःखी हुन नदिन उनीहरूलाई साथ दिनुपर्ने गहन सन्देश प्रवाह गरेको छ । डा.भुसालका यसअघि ‘वाचा’ ‘यो प्रण’, ‘अब उठ जाग’ ‘उड्ने चरी’ जस्ता गीत श्रोता/दर्शकमाझ आएका छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…