काठमाडौं । नेपालकी अग्रिमा कुँवरले फिलिपिन्समा ‘लिटिल मिस ग्लाम युनिभर्सल-२०२५’ उपाधि जित्नुभएको छ । गुल्मी मदानेकी कुँवरले बिहीबार सम्पन्न सौन्दर्य प्रतियोगिता ‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल-२०२५’ अन्तर्गत सो उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभएको हो । हाल बुटवलमा बसोबास गर्दै आउनुभएकी उहाँ एभरेष्ट बोर्डिङ सेकेण्डरी स्कूलमा कक्षा ७ मा अध्ययनरत हुनुहुन्छ । ताज पहिरिएपछि उहाँले आफ्नो सफलताले राष्ट्रको पहिचान बोकेको प्रतिक्रिया दिनुभएको थियो । नेपालको प्रतिनिधित्व गर्दै ताज पहिरिन पाउँदा खुशी लागेको भन्दै उहाँले यो सफलता व्यक्तिगत नभई देशको गौरव भएको बताउनुभयो । यो सफलताबाट अन्य नेपाली बालबालिकालाई पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आत्मबल र हौसला मिल्ने उहाँको भनाइ थियो ।
उहाँबाहेक नेपालका थप तीनजना प्रतियोगीले अन्य विभिन्न टाइटल उपाधिहरू जितेका छन् । प्रतियोगिताका मुख्य प्रायोजक एक्ष्ट्रा टिच ओभल इन्टरनेशनल क्रिकेट स्टेडियमका निर्देशक अष्ट्रेलिया निवासी विनोद कुँवरले दिएको जानकारी अनुसार नेपालकी मिरिञ्जा गाहाले ‘सब टाइटल र मेडल-थ्री मिस टिन ग्लाम वल्र्ड-२०२५’, मोनिका कठायतले ‘सब टाइटल र मेडल-थ्री मिनी मिस ग्लाम इन्टरनेशनल–२०२५’ र अभिवन न्यौपानेले ‘सब टाइटल र मेडल-थ्री मिस्टर जुनियर ग्लाम युनिभर्सल-२०२५’ उपाधि जित्नुभएको छ ।
‘लिटिल एण्ड टिन ग्लाम इन्टरनेशनल-०२५’ विश्वकै ठूलो बालबालिका र किशोरी सौन्दर्य प्रतियोगिता हो । जसमा तीनवटा बालिका उपश्रेणी र दुईवटा किशोरी उपश्रेणी छन् । प्रतियोगितामा ट्यालेन्ट एण्ड गाला नाइट राउण्ड, नेशनल कष्टम राउण्ड, स्विमिङ कस्टम रिसोर्ट वेयर राउण्ड, फेशन शो, फर्मलरलंग इभिनिंग ग्रोन स्पोर्टस राउण्ड र इन्ट्रोडक्शन राउण्ड समावेश थियो । मे २४ देखि २९ अर्थात् जेठ १० देखि १५ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा २९ देशका ७३ प्रतिस्पर्धीले सहभागिता जनाएका थिए ।सारिकाको स्वरमा ‘गुन भुलेउ







नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया
दियालो बङ्गलाबाट २४ लाख राजश्व
फेरिँदै लेखनाथ सडकखण्डको मुहार (तस्बिरहरू)
मकवानपुरमा न्यायाधीश सवार स्कार्पियो दुर्घटना,
ट्रम्प-किम सम्पर्क पुन: स्थापित भएको
बलात्कार आरोपमा डेन्टल सञ्चालक पक्राउ