कर्मण्येवाधिकारस्ते माफलेषु कदाचन
माकर्मफलहेतुर्भू मा सङ्गोद्रस्त्वकर्मणि ।।
यो गीताको अध्याय दुईमा रहेको सच्चालीसौं श्लोक हो । कृष्ण अर्जुनलाई कर्ममा तेरो अधिकार छ । कर्मबाट पाइने फलमा होइन । त्यसैले कर्ममा निरन्तर लाग्ने गर । अकर्मण्य नबन । यही हो यो पद्यको भाव पनि । कर्म गर्नु मानवीय धर्म हो । फलकर्मको उपलब्धि होइन । कर्मको फल त ईश्वरीय वरदान हो । यही वरदानमा निरन्तर लागिरहने अवस्थामा संसारका मानिस रहेका छन् । एउटा योद्धा जसले आफ्नो कर्मलाई अस्वीकार ग¥यो र कर्मप्रतिविरत रहृयो ।
त्यस व्यक्तिलाई कृष्णले यही पद्यबाट सम्झाए । कर्ममा तिम्रो अधिकार छ तर कर्मबाट प्राप्त हुने फलमा तिम्रो अधिकार कहिले पनि हुन सक्दैन । तिमी कर्मबाट विरत नबन । निरन्तर कर्मलाई सम्झेर अघि बढ । यो नै मानवीय धर्म र कर्म हो । कृष्ण गीतामा आफूले कुनै कर्म गर्न बाँकी नरहेको तर्कलाई उद्धृत गर्दै भन्छन् ।
न मे पार्थास्तिकर्तव्यं त्रिषु लोकेषु किञ्चन
नानवाप्तमवाप्तव्यं वर्त एव च कर्मणि ।।
हे अर्जुन ! मैले कुनै पनि कर्म गर्न बाँकी छैन तर पनि म कर्ममा निरन्तर लागिरहेको छु । मानिस कर्मप्रति विरत रहेको खण्डमा उसका सबै क्रियाहरू निष्क्रिय बन्ने गर्दछन् । त्यसैले कर्म नै मानिसको लागि सदा जीवन्त बनाउने आधार हो । यही आधारमा टिकेको छ संसार र सांसारिक अवस्था पनि । भर्खर नेपालले आठारौं गणतन्त्र दिवस मनायो । गणतन्त्र दिवस मनाउँदा विभिन्न प्रकारका कार्यक्रमहरू गरिए । गणतन्त्र दिवसका दिन नै नेपालमा वर्षभरिको आयव्यय प्रस्तुत गर्ने व्यवस्था संविधानमा गरिएको छ । यही आधारमा अठारौं गणतन्त्र दिवसको कार्यक्रमसँगै यो व्यवस्थाका विरुद्ध मानिसहरू सडकमा आए । गणतन्त्र पूर्णरूपमा बालिग हुन नपाउँदै यसका विरुद्धमा उत्रिएको जनमानसले के भन्ने खोजेको हो नेताहरूले बुझ्न आवश्यक छ ।
व्यवस्था होइन दोषी नेता
गणतन्त्र ल्याउन सदा राजनीतिमा होमिएका नेताहरू आज सत्तासीन छन् । दश वर्षको सशस्त्र युद्ध यही गणतन्त्र आउने खुशीमा समापन भएको थियो । राजतन्त्रसित मितेरी गाँस्ने कांग्रेस नेपाललाई द्वन्द्वबाट मुक्त गर्नका लागि गणतन्त्रलाई स्वीकार गरेर अघि बढेको थियो । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नेपाललाई गणतान्त्रिक मुलुकका रूपमा घोषणा गरेका थिए । नेपालको द्रुत विकास र उन्नतिका चाहमा सबै नेपाली गणतन्त्रका पक्षमा उभिएका थिए । नेपाल संवैधानिक राजतन्त्रबाट पछि हटेर गणतन्त्रमा आएको दिन थियो जेठ १५ । यो दिन नेपालीका लागि दिपावलीको दिन थियो । अठार वर्ष पुग्दानपुग्दै यो व्यवस्थामा नै प्रश्नचिहृन खडा भयो ।
नेपालको द्रुत विकास र उन्नतिका चाहमा सबै नेपाली गणतन्त्रका पक्षमा उभिएका थिए । नेपाल संवैधानिक राजतन्त्रबाट पछि हटेर गणतन्त्रमा आएको दिन थियो जेठ १५ । यो दिन नेपालीका लागि दिपावलीको दिन थियो । अठार वर्ष पुग्दानपुग्दै यो व्यवस्थामा नै प्रश्नचिहृन खडा भयो ।
गणतन्त्रका लागि योगदान दिएका नेता नै यो व्यवस्थाका सञ्चालक छन् तर यो अवस्था किन ? आज गणतन्त्रको वकालत गर्नेभन्दा गणतन्त्रको विरोधमा उच्च स्वर सुनिन थालेको छ किन ? गणतन्त्रमा समर्पित र गणतन्त्रका लागि लडेका व्यक्तिहरू पनि यो व्यवस्थाविरुद्ध उत्रिए किन ? गणतान्त्रिक सरकारले दिएको सुविधा खाएका र विभिन्न समयमा सरकारी नियुक्ति पाएका व्यक्ति पनि यो व्यवस्थाप्रति असन्तोष बन्न थाले किन ? यो व्यवस्थाप्रतिको आक्रोश हो वा नेताले गरेको कर्मप्रतिको । व्यवस्था गणतन्त्र राम्रो छ । अझ हामीलाई गणतन्त्रले त तीनवटा सरकार दिएको छ । स्थानीय, प्रदेश र संघ तर पनि यो व्यवस्थाप्रतिको आक्रोशले कसलाई फाइदा हो र कसलाई बेफाइदा बुझ्न गाह्रो भएको देखियो ।
गणतन्त्र आउँदा वा त्यसभन्दा पहिला पनि शासनमा रहेका व्यक्ति नै आज शासक छन् । उनीहरूले कहिले पनि सत्ता वा नेतृत्व हस्तान्तरण गर्न रुचाएनन् । उनीहरू नेतृत्व हस्तान्तरण गर्दा सत्ता सुख र राजसी भोग समाप्त हुने डरले अत्तालिने गरेका देखिन्छन् । यही कारण यो अवस्था आएको हो कि ? भन्नेमा सामान्य मानिस पनि सहमत हुन खोजेको देखिन्छ । सत्ता समीकरणबाट सदा राजसी भोगमा बाँचेका नेतामा सत्ताबाहिर हुँदा छट्पटी हुनु स्वाभाविक पनि हो तर उनीहरू अनुभवी छन् । गणतन्त्र ल्याउन जेल नेल भोगेका व्यक्ति हुन् । उनीहरूका कारण आज हामीले बोल्न, लेख्न र नाराजुलुस गर्न पाएका छौं भन्दा पनि नेपालको कुनाकाप्चा कन्दरामा बसेको नेपाली स्वीकार गर्न तयार देखिएन किन होला ? जनताका आकांक्षा र उनीहरूभित्रका आशा बढी भएर हो वा नेताले बाँचेको जीवनशैलीले हो ।
कार्यकर्ताबाहेक अरूले त नेताहरूले देश र जनताप्रति गरेको धोकाले हो भन्छ त ! किन होला । सादा जीवन बाँच्ने देश र जनताका लागि मरिमेट्ने नेतालाई गणतन्त्रले मागेको होला ? आजका नेताको जीवनशैली राजसी छ । कार्यकर्ताबाहेक अरूजनताका कुरा उसले सुन्दैन । आसेपासे र आफन्तबाहेक उसको नियुक्तिको सिफारिशमा अरू योग्य र क्षमतावान् व्यक्ति पर्दैन । यस्तै यस्तै काण्डले वाक्क भएर होला गणतन्त्रको वकालत गर्ने जमातभन्दा गणतन्त्रको विरोधमा उत्रिने मानिस बढी देखिएको । व्यवस्थाको बचाउमा लाग्नुका साथै जनताको उन्नति प्रगतिका लागि निरन्तर लाग्न आग्रह गरेका हुन् ती नेपाली जो गणतन्त्रका विरोधी बनेर आए ।
नेपाली सचेत छन् । उनीहरू देशको शासकीय पद्धतिमा राजतन्त्रप्रति आस्थावान् छैनन् तर नेताहरूका कर्मका कारण गणतन्त्रविरोधी हुलमा सामेल मात्र भएका हुन् । गणतन्त्रको विरोध सामान्य नागरिकका साथै युवा जनशक्तिले पनि गरेको छ । त्यो सबैभन्दा डरलाग्दो अवस्था हो । युवा नै गणतन्त्रको विरोधमा उत्रियो भने नेतृत्वको अभाव रहनेछ । नेतृत्वको अभावले स्वतः गणतन्त्रलाई बिदा गर्ने दिन नआउला भन्न सकिँदैन । देशजनताले बनाउने होइन । जनताले शासन गर्ने पनि होइन । जनताका विरुद्ध विष बमन नगर । जनतका कामलाई र उनीहरूको विश्वासलाई नतोड । अझ पनि समय बितेको छैन । आफ्ना र आफन्तलाई मात्र होइन योग्य र क्षमतावानलाई अवसर दिने प्रयास गर । यही चाहेको छ नेपाली जनताले । सुन्दर गणतन्त्रका लागि र वयस्क गणतान्त्रिक व्यवस्थाका लागि पनि ।
भ्रष्टाचार नगर
देशको आर्थिक व्यवस्था सदा जनताले तिरेको करबाट चल्ने गरेको छ । देशका राष्ट्रसेवक कर्मचारी र नेताले खाने तलब भत्ता पनि जनताले तिरेको करबाट हो । जनताले कर तिर्ने हो । जनताबाट आएको कर र विदेशीले दिने अनुदान तथा ऋणको सही सदुपयोग गर । यदि यसको सही सदुपयोग भएन भने देशका जनता व्यवस्थामात्र होइन तिम्राविरुद्ध पनि उत्रिने निश्चित देखिएको छ । दिनदिनै भ्रष्टाचार र कमिसनतन्त्रका नयाँ-नयाँ अध्याय बाहिर आएका छन् । बाहिर आउनेमात्र होइन तल्लो तहदेखि माथिल्लो तहसम्म सबै सेटिङ गरिएको तर्क बाहिर आउने गरेको देखिन्छ । कानुन निर्माण तिम्रो जिम्मा हो । अदालतको न्यायाधीश पनि स्वतन्त्र हुन सकेको देखिएन ।
गणतन्त्र नेपाली जनताको परिश्रम र बलिदानबाट आएको व्यवस्था हो । यो व्यवस्थाप्रतिको वितृष्णामा आज नेपालीले आवाज उठाउन थालेका छन् । व्यवस्थाका सञ्चालकले अपनाएको अदूरदर्शी राजनीतिले नेपाली जनताको भावनालाई समेट्न सकेको देखिएन । तिमी र तिम्रा दलका कार्यकर्ताबाहेक गणतन्त्रको वकालत गर्न नेपालीले छोड्न थाले ।
भ्रष्टाचारको जालोले देशका युवालाई दिक्क बनाएको छ । भ्रष्टाचारमा डुब्दासम्म तिमीले देश, जनता र देशको कमजोर अवस्थालाई हेर्दैनौं । देश कमजोर बन्दै जाने तिमीहरू मोटाउँदै जाने आजको यो अवस्थाले नेपाल आमाको अवस्था कमजोर बनेको देखियो । नेपालका सरकारी कार्यालय भ्रष्टाचारको अखाडा बने । मन्त्रालयमा कामभन्दा लेनदेन बढी हुने गरेको देखिन थाल्यो । सरकारी जग्गासमेत नेताले आफ्नो नाममा बनाउने र बेच्ने गरेको पाइयो । यस अवस्थाका कारण भ्रष्टाचार मौलाएको होइन र ? गरिब नेपालीले आँत काटेर सहकारीमा जम्मा गरेका पैसा पनि नेतृत्व तहबाट अपचलन हुने गरेको देखियो । यस्तो अवस्था किन आयो ? नेपाली जनताले यही सोधेका छन् तिमी र तिम्रो दलका नेतासित ।
गणतन्त्र नेपाली जनताको परिश्रम र बलिदानबाट आएको व्यवस्था हो । यो व्यवस्थाप्रतिको वितृष्णामा आज नेपालीले आवाज उठाउन थालेका छन् । व्यवस्थाका सञ्चालकले अपनाएको अदूरदर्शी राजनीतिले नेपाली जनताको भावनालाई समेट्न सकेको देखिएन । तिमी र तिम्रा दलका कार्यकर्ताबाहेक गणतन्त्रको वकालत गर्न नेपालीले छोड्न थाले तर नेताहरूका कान बुझिएका छन् । ती कानमा तेल हाल र सुनिने बनाऊ । कान ठाडा पार । नेपालीको आवाज सुन । विदेशी भूमिमा चिच्याएको युवाको आवाज सुन । गाउँको दूरदराजमा रहेका नेपालीको आवाज सुन । उनीहरूले पाएको दुःखलाई मनबाट बुझ र तिनका लागि काम गर । भ्रष्टाचार तिमी पनि नगर गर्न पनि नदिने वाचा गर ।
तिमी कर्मका अधिकारी हौ । तिमीले गर्ने कर्म हो । राजनीति गरेर फल र मन्त्रीपदकै पर्खाइरमा रहेर भ्रष्टाचारमा डुब्ने अवस्थाको अन्त्य गर । कृष्णले आफूलाई सदा कर्ममा समर्पित गरे । अर्जुनलाई कर्म गर फलको आशामा नबस भने । यही पहिचान लिएर अघि बढ्यौ भने देश र देशबासीको कल्याण हुनेछ । गणतन्त्रका विरोधी सल्बलाउने छैनन् । कृष्ण बन्न नसके पनि अर्जुन बन र देशको व्यवस्थालाई जीवन्त बनाऊ । सबैमा अठारौं गणतन्त्र दिवसको शुभकामना ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच