काठमाडौं । श्रेय अगस्तीको स्वरमा रहेको गीत ‘संघर्ष’ सार्वजनिक भएको छ । गीतकार संघ नेपालको आयोजनामा काठमाडौंमा एक विशेष कार्यक्रमबीच उक्त गीतको भिडियो सार्वजनिक भएको हो । अग्रज गीतकार हरिभक्त बुढाथोकीको शब्द, चेतन चुँडालको संगीत, चाँद सिंहको संगीत संयोजन र महेश्वरमान राजभण्डारीको मिक्सिङ/मास्टरिङ छ गीतमा ।
निकेश खड्काको निर्देशन रहेको गीतको भिडियोमा सरोज खनाल, दिपेन्द्र सोनाम र दिपेन्द्र राज गिरीको अभिनय छ । आएल्प शेर्पाको बाल अभिनयमा बनेको गीतको भिडियोमा पुनम चौधरीको शृंगार, दिनेश पराजुलीको छायांकन र विकास धमलाको दृश्य सम्पादन छ । साक्षी श्रेयको कथा रहेको भिडियो व्यवस्थापन संकेत अगस्तीले गर्नुभएको हो ।
भिडियोमा मानिसको जीवनको संघर्ष एवं एउटा पिता र उसको सन्तानको बिग्रेको सम्बन्धलाई दर्साइएको छ । ‘हिजो हामी जन्मिनुअघि अन्धकारमा थियौं, आज दियो झैं बालेर उज्यालो फैलाई रहेका छौं, भोलि फेरि त्यही अन्धकारमा विलिन हुनेछौं । जीवन र मृत्युबीचको गुज्रिएको पल नै जीन्दगी हो’, सर्जक बुढाथोकी भन्नुहुन्छ ।
गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गीतकार आनन्द अधिकारी रहनुभएको थियो । यस्तै स्रष्टा र सिर्जनाका बारेमा प्राडा.खगेन्द्रप्रसाद लुइँटेलले बोल्नुभएको थियो भने बधाई तथा शुभकामना मन्तव्य सम्मानित संगीतकार दीपक जंगमले राख्नुभएको थियो । उहाँहरूले स्रष्टा हरिभक्तको व्यक्तित्व र कृत्विका बारेमा चर्चा गर्नुएको थियो । कार्यक्रमको सहजीकरण संघका उपाध्यक्ष रमेश कोइरालाले राख्नुभएको थियो भने संघका कोषध्यक्ष चेतन खतिवडाले राख्नुभएको थियो ।
८६ वर्षीय गीतकार हरिभक्त बुढाथोकीका ‘मेरो बाबा, बुढेसकाल, नजर लाग्ला नी, दूरी मलाई हुनु छैन, र मलाइ हार्न दिंँदैन’ लगायत थुप्रै गीत लोकप्रिय छन् । बुढाथोकीलाई संघले हालै स्थापना दिवसका अवसरमा सम्मान गरेको थियो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम