काठमाडौं । अमेरिका बस्दै आउनुभएका गायक तथा संगीतकार सुशील विश्वकर्माले नेपाल आएको बेला दुईवटा गीत रेकर्ड गरेर एक साथ दर्शकमाझ ल्याउनुभएको छ । काठमाडौंमा भएको एक विशेष कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा र वरिष्ठ संगीतकार दीपक जंगलले दुवै गीतको पोष्टर सार्वजनिक गर्दै विमोचन गर्नुभएको हो । सो अवसरमा दुई गीत पछ्यौरीको छेउ...र भुतुक्क भएँ नी...को भिडियो पनि सार्वजनिक गरिएको थियो ।
दुवै गीतको भिडियोलाई गायक एवं संगीतकार सुशीलले आफ्नै अफिसियल च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा विमोचित गीत ‘भुतुक्कै भएँ नी’मा राजेश गुरुङको रचना र महेश थुलुङको स्वर छ । रोमाञ्चक भावको यो गीतको भिडियोमा अभिनेता यसराज गराच र मोडल सुस्मिता बुढाथोकीको अभिनय छ । यो गीतको संगीत सुशील विश्वकर्माले नै गर्नुभएको हो ।
यस्तै, अर्को गीत पछ्यौरीको छेउमालाई सुशीलले नै गाउनुभएको छ । यो गीतमा उहाँलाई गायनमा बिबी अनुरागीले साथ दिनुभएको छ । यो गीतलाई हेमन्त विवशले लख्नुभएको हो । नदी किनारमा गिट्टी कुटेर जीवन यापन गरिरहेका मजदुरहरूको व्याथामा यो गीत आधारित छ । गीतको भिडियोमा गोविन्द प्रभात, निरु खडका, कृष्ण रसाल, रोशन श्रेष्ठ, श्रेया नापितले अभिनय गर्नुभएको छ । यी दुवै गीतको भिडियोलाई कृष्ण रसालले निर्देशन, केशव कोइरालाले कोरियोग्राफी, राजेन्द्र पाण्डेले छायांकन एवं सम्पादन गर्नुभएको छ ।
गीत सार्वजनिक कार्यक्रममा सबैलाई स्वागत गर्दै भिडियो निर्देशक कृष्ण रसालले दुई फरक शैलीका गीतको निर्देशन गर्दा फरक अनुभव भएको सुनाउनुभयो । विगत चार दशकदेखि गायन, संगीत र बाँसुरी वादनमा क्रियाशील रहँदै आउनुभएका सुशीलले निकै राम्रो गीत गाएको पनि उहाँको भनाइ थियो ।
गायक एवं संगीतकार सुशीलले सबैलाई धन्यबाद दिँदै केही समय यताबाट आफू अमेरिकामा रहँदै आए पनि त्यहाँ रहेका नेपालीलाई गीत संगीत नयाँ पुस्तालाई सिकाउँदै आएको बताउनुभयो । आफू जहाँ रहे पनि संगीत सिर्जना र गायनलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।
कार्यक्रममा गायिका लोचन भट्टराईले सुशीलको गायनको प्रशंसा गर्नुभएको थियो । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले सुशीलको संगीत र गायन दुवै राम्रो भएको बताउनुभयो । संगीतकार दीपक जंगमले सुशीलले सुन्दा आनन्द आउने गीत बजारमा ल्याएको भन्दै उहाँलाई यस्ता संगीत सिर्जनालाई निरन्तरता दिन सुझाब दिनुभयो । भिडियो निर्देशक रसालले पनि गीतलाई भिडियोमा जीवन्तसँग ढालेको जंगमले बताउनुभयो ।
गायिका मीरा राणाले रेडियो नेपालमा समूहमा गीत गाउने गर्नुभएका सुशीलले एकल रूपमा पनि राम्रो गीत गाएको बताउनुभयो । सुशीलको गायन पछिल्लो समय राम्रो हुँदै गएको उहाँले जिकिर गर्नुभयो । संगीत सृजनासँगै उहाँले सुशीललाई गाउन पनि सल्लाह दिनुभयो । तस्वीर : सुरेन्द्र थापा







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि