काठमाडौं । नेपाल हस्तकला महासंघलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ललितकला प्रवर्द्धन सम्मान प्रदान गरेको छ । उक्त सम्मान राष्ट्रिय ललितकला प्रदर्शनी २०८२ को समुद्घाटन समारोहमा जेठ १५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यलाई प्रदान गर्नुभएको हो । उक्त सम्मानबाट समस्त हस्तकला क्षेत्रले गौरवको अनुभूति गरेको महासंघले जनाएको छ ।
नेपाल हस्तकला महासंघ हस्तकला उद्योग व्यवसाय, कलाकार कालीगढहरूको प्रवद्र्धन तथा विकासका क्षेत्रमा विगत पाँच दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएको छ । हस्तकला क्षेत्रमा प्रत्यक्ष र परोक्ष गरी ११ लाख व्यक्ति संलग्न रहेका छन् ।
देशभित्र हुने व्यापारिक कारोबार तथा भारत, चीनलगायत तेस्रो मुलुकमा हुने निकासीसमेत सो क्षेत्रले वार्षिक ४४ अर्ब हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याउँदै आएको छ । हस्तकलाको सीप हस्तान्तरण तथा पुस्तान्तरण र सीप विकास तथा सीप अभिवृद्धि जस्ता कार्यक्रम महासंघले निरन्तर रूपमा सञ्चालन गर्दै आएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच