जैविक विविधताको संरक्षण आवश्यक छ किनकि यी हाम्रा अमूल्या निधि हुन् । जैविक विवधिताको महत्व कति छ भन्ने कुरा हरेक देशका कुनाकुनामा बस्ने सबै तह र तप्काका मानिसले समेत यसको महत्व थाहा पाउँदै गएका छन् । त्यसैले सन् १९९२ मे २२ मा ब्राजिलको राजधानी रियो डे जेनेरियो शहरमा भएको पहिलो ‘विश्व पृथ्वी शिखर सम्मेलन’ मा उपस्थित भएका प्रतिनिधिहरूले ‘जैविक विविता महासन्धि’लाई अगाडि बढाउने अठोट गर्नुका साथै विश्व जैविक विविधता दिवस मनाउने निर्णय पनि गरेको थियो ।
भूगोलका आधारमा थोरै भाग ओगटेको हाम्रो देश नेपालले जैविक विविधताका आधारमा भने धेरै प्रतिशतको जिम्मेवारी बहन गरेको मान्नुपर्दछ । भौगोलिक रूपमा पनि विविधता भएको देश हो नेपाल । हिमाल, पहाड, तराई खोंच उपत्यका दून, भावर सबै खालको भूगोल नेपालमा छ र हावापानीका आधारमा ती ठाउँ सुहाउँदो वनस्पति प्रकृतिले ती ठाउँमा उत्पादन गरिदिने गर्दछ । यसले गर्दा हावा पानी वनस्पति तापक्रम र वर्षाको विविधता प्राकृतिक रूपमै सिर्जना भइरहेको हुन्छ । यसरी हेर्दा समग्रमा नेपाललाई समग्रमा जैविक विवधिताको आधारमा धनी देश मान्न सकिन्छ । किनभने माथि भनिसकिएको छ कि हाम्रो देश नेपाल विश्वमा १९७ वट स्वतन्त्र देशमध्ये भूगोलका आधारमा ९५औं स्थानमा छ ।
भूगोलका आधारमा थोरै भाग ओगटेको हाम्रो देश नेपालले जैविक विविधताका आधारमा भने धेरै प्रतिशतको जिम्मेवारी बहन गरेको मान्नुपर्दछ । भौगोलिक रूपमा पनि विविधता भएको देश हो नेपाल । हिमाल पहाड र तराई खोंच उपत्यका दून, भावर सबै खालको भूगोल नेपालमा छ र हावापानीका आधारमा ती ठाउँ सुहाउँदो वनस्पति प्रकृतिले नै ती ठाउँमा उत्पादन गरिदिने गर्दछ ।
जैविक विविताको कुरो गर्दा नेपाल जैविक विविताका आधारमा एसिया महादेशका देशहरूमा ११औं स्थानमा छ भने विश्वका जैविक विधिता भएका देशहरूमा चाहिँ नेपालको स्थान २५औं छ । यसरी हेर्दा हाम्रो देश नेपाललाई जैविक विविताका आधारमा हेर्दा विश्वका धनी देशहरूकै सूचीमा रहेको मान्न सकिन्छ । भूगोलविद्हरूका भनाइ अनुसार हाम्रो देशले विश्वको समग्र भूगोलको शून्य दशमल शून्य एक (०.०१) प्रतिशत भूमिमात्रै ओगटेको छ भने एसिया महादेशको चाहिँ शून्य दशमलव तीन (०.३) प्रतिशत भूगोल ओगटेको छ ।
त्यस्तै गरेर दुई सय सात प्रजातिका स्तनधारी, एक सय प्रजातिका सरिसृप, पाँच हजारभन्दा बढी कीरा, चार सय प्रजातिका झ्याउलगायत वनस्पति नेपालमा पाइन्छन् । यसरी हेर्दा हामी नेपालीहरू हरेक क्षेत्र, चिजबिच र साधनस्रोतमा विश्वका कयौं देशहरूभन्दा धेरै धनी रहेका छौं भनी दाबी गर्न सकिन्छ । त्यस्तै गरेर भगौलिक विविधतामा पनि विश्वका अन्य देशहरूको तुलनामा हाम्रो देश नेपाल कम छैन । किनभने, हाम्रो देश नेपालमा विश्वकै उच्च हिमशिखर आठ हजार आठ सय अढ्चालीस दशमलव छयासी मिटर उचाइ रहेको सगरमाथा हिमाललगायत अन्य उच्च हिमाल छन् ।
त्यसो भए तापनि नेपाल जैविक विविताका आधारमा एसिया महादेशका देशहरूमा ११औं स्थानमा छ । त्यस्तै गरेर विश्वमा जैविक विधिताका आधारमा नेपालको स्थान २५औं छ । हाम्रो देश नेपाललाई जैविक विविताका आधारमा हेर्दा धेरै धनी छ भन्न सकिन्छ । हामी नेपालीहरू हरेक क्षेत्र, चिजबिच र साधन–स्रोतमा विश्वका कैयौं देशहरूभन्दा धनी रहेका छौं । हुन पनि हाम्रो देश नेपालमा ६ हजारभन्दा बढी पूmल फुल्ने वनस्पति, पाँँच हजारभन्दा बढी कीरा–फट्यांग्रा, ३९६६ भन्दा बढी रातमा विचरण गर्ने पुतली, १८२२ प्रजातिका ढुसी, ८६७ प्रजातिका चरा, ६५३ प्रजातिका पुतली, ४७१ प्रजातिका भ्mयाउ, ३८३ प्रजातिका उन्यू, २०० प्रजातिका माकुरो, १८५ प्रजातिका माछा, ४३ प्रजातिका उभचर र ३२ प्रकारका त खालखालका रंगीबिरंगी फूल फुल्ने गुराँसमात्रै छन् ।
त्यसो त सन् १९७०-१९८० मा गरिएको एक अनुसन्धान अनुसार नेपालमा पाँच हजार सट्सठ्ठी (५०६७) प्रकारका वनस्पतिको सूची नै तयार गरिएको थियो । त्यसमध्ये चार सयवटा त स्थानीय प्रजातिका ‘भास्कुलर वनस्पति’हरूमात्रै रहेका थिए । त्यस्तै गरेर नेपालमा पूmल फुल्ने बिरुवाहरू दुई दशमलव दुई प्रतिशत पाइन्छन् । स्रोत ः ‘नेपाल नखुलेका पाटाहरू’ नामक किताब । स्मरण रहोस्, आठवटा त खाठ हजार मिटरभन्दा माथिका हिमाल नेपालमै छन् भने मध्यम हिमाल, निम्न मध्यम हिमाल गरेर लगभग सत्र सयभन्दा माथि उचाइ भएका हिमरेखाभन्दा माथिका हिमाल छन् । महाभारत पहाड, चुरे पहाड, भित्री मधेस, मधेस (समथर मैदान) समेतको विविधता रहेको भूगोल पनि । अझ नेपालमा स–साना मैदान, उपत्यका, टार, खोंचहरू पनि प्रशस्तै छन् ।
हाम्रो विविधता हेर्न विश्वका विभिन्न देशबाट पर्यटक तथा अनुसन्धाता आउने गरेका छन् । तर, हामीले यस क्षेत्रमा जे जति गर्नुपर्ने थियो त्यति गर्न सकेका छैनौं । साधन र स्रोतको कमीका कारण यसो हुन नसकेको हो । त्यस कारण हामी पछि परिरेहेको कुरा स्वीकार्नै पर्छ ।
पछिल्लो पटकको तथ्यांकअनुसार अहिलेको अवस्थामा आइपुग्दा नेपालको जम्मा क्षेत्रफलको लगभग १९ प्रतिशत भूमि निकुञ्ज, संरक्षण क्षेत्र, रामसार क्षेत्र, सिकार, आरक्षण आदिका नाममा संरक्षित क्षेत्रका रूपमा विकास र विस्तार गरिएको छ । त्यसमा पनि मुख्यतयाः राष्ट्रिय निकुञ्ज, सिकार आरक्षण, संरक्षित क्षेत्र, मध्यवर्ती क्षेत्र (बफर जोन), रामसार क्षेत्र आदि छन् । त्यस्ता संरक्षित क्षेत्रहरूमा अन्नपूर्ण संरक्षण क्षेत्र, कञ्चनजंघा संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, कृष्णसार संरक्षण क्षेत्र, कोशी टप्पु वन्यजन्तु आरक्षण क्षेत्र एवं सिकार आरक्षण क्षेत्रमा चाहिँ नेपालमा हालसम्म एकमात्रै सिकार आरक्षण क्षेत्रको रूपमा ‘ढोरपाटान सिकार आरक्षण क्षेत्र’ छ ।
रामसारहरूमा गोक्यो ताल, बीसहजारी ताल, घोडाघोडी ताल, माईपोखरी ताल, रारा ताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल आदि । निकुञ्जहरूमा चाहिँ चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, खप्तड राष्ट्रिय निकुञ्ज, अपि नाम्पा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज आदि छन् ।
प्राकृतिक साधनस्रोतहरूमा हाम्रो देश नेपाल धेरै नै धनी देशको रूपमा रहेको देखिन्छ । त्यसमा पनि जडिबुटीजन्य वनस्पतिमा नेपाल विश्वका अन्य देशहरूको तुलनामा कम धनी छैन । तर, पनि हामी नेपालीहरूले अहिलेसम्म पनि नेपालका ती अधिकांश वनस्पति र वनस्पतिजन्य जडिबुटी वा औषधिजन्य जडिबुटीहरूलाई सही र पूर्णक्षमताका साथ सदुपयोग गर्न सकिरहेका छैनौं । त्यसरी प्रयोग गर्न नसकिएको अधिकांश वनस्पति र जडिबुटी वा औषधिजन्य वनस्पतिहरूको नामको सूची धेरै लामो हुनसक्छ । नेपाललाई स्थानीय हावापानी, मौसमी विविधता, जलवायु, पारिस्थितिजन्य प्र्रणाली, माटोको विविधता, उचाइ आदिका हिसाबले धेरै धनी मान्न सकिन्छ ।
हालसम्म हाम्रो देश नेपालमा राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, सिकार आरक्षण क्षेत्र, वन्यजन्तु आरक्षणा क्षेत्र, रामसार क्षेत्र, मध्यवर्ती क्षेत्र, वन संरक्षित क्षेत्र गरी लगभग २९ वटा संरक्षण क्षेत्र छन् । यी माथिका तथ्यांकका आधारमा भन्दा नेपाल जैविक विविधताका आधारमा धनी देशमा पर्छ । हाम्रो विविधता हेर्न विश्वका विभिन्न देशबाट पर्यटक तथा अनुसन्धाता आउने गरेका छन् । तर, हामीले यस क्षेत्रमा जे जति गर्नुपर्ने थियो त्यति गर्न सकेका छैनौं । साधन र स्रोतको कमीका कारण यसो हुन नसकेको हो । त्यसकारण हामी पछि परिरहेको कुरा भने हामीले स्वीकार्नै पर्छ । भोलिका दिनहरूमा हामीले यस क्षेत्रको प्रचारप्रसार गरेर यसलाई भजाउन सकेकाखण्डमा यसबाट पर्याप्त लाभ लिन सफल हुनसक्ने कुरामा कुनै विवाद गरिरहनु पर्दैन ।







छापा माध्यमको संकट र अनलाइन
रसुवा बाढीका ३४१ बिरामीमध्ये २७८
उदितनारायणको परिवारद्वारा विपद् कोषमा पाँच
अस्पतालको गेटमै प्रसूति गराउने बवितालाई
सेमन्तको मुक्तक संग्रह‘अँधेरीमा जून’ प्रकाशन
‘देहूडु : अलौकिक ऊर्जा’ प्रकाशित