काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीनको १० दिने भ्रमण सकेर सोमबार स्वदेश फर्किनुभएको छ । उहाँ मित्रराष्ट्र चीनको भ्रमण सकेर सोमबार बिहान साढे १० बजे स्वदेश फर्किनुभएको हो । भ्रमण टोलीमा नेकपा (एमाले)का सचिव एवं परराष्ट्र मामिला विभाग प्रमुख रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्ण थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलगायत थिए । चिनियाँ कम्युनिष्ट पार्टी र त्यहाँको सरकारका तर्फबाट निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारीसहित नेताहरू चीन भ्रमणमा गएको मन्त्री भण्डारीले बताउनुभयो । मन्त्री भण्डारीले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने काम गरेको बताउनुभयो । ‘दुई देशका बीचमा आपसी सम्बन्धलाई बलियो बनाउने र नेपालका प्रमुख दलबीचमा जुन सहकार्य भएको छ । त्यसले राजनीतिक स्थायित्व दिन्छ र त्यो राजनीतिक स्थायित्वप्रति खुसी व्यक्त गर्नुभयो’, उहाँले भन्नुभयोे ।
‘त्यसमा सरकारको पनि सहभागिता र पार्टीको पनि सहभागिता भएको कारणले यो नेपाल सिंगो मुलुकको प्रतिनिधित्व गरेर त्यो फोरममा मुलुकको तर्फबाट प्रतिनिधित्व गरेकाले त्यसमा विशेष सद्भाव, सम्मान भ्रमणको रूपमा लिन सकिन्छ । आर्थिक कूटनीतिक, सांस्कृति सम्बन्ध जुन परस्परमा सदियौँदेखि चलिरहेका छन्,’ उहाँले भन्नुभयो । नेपाल-चीन द्विपक्षीय हित प्रवद्र्धनका लागि भ्रमण फलदायी रहेको भण्डारीले बताउनुभयो । ‘परस्पर हित अभिवृद्धि गर्ने र त्यसलाई विकसित गर्ने काम भयो । यसको सम्मान चिनियाँ पक्षबाट भयो,’ उहाँले भन्नुभयो । भण्डारीको भ्रमण सद्भाव भ्रमणका रूपमा लिनुपर्ने बताउनुभयो ।
भण्डारी सहभागी कार्यक्रममा ६० वटा मुलुकको प्रतिनिधित्व रहेको उहाँले जनाउनुभयो । भ्रमणका क्रममा उहाँले चीनका उपराष्ट्रपति हान चेङलगायत सीपीसीका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुभएको थियो, जसलाई चीनले भ्रमणलाई उच्च महत्व दिएको संकेतको रूपमा लिइएको छ । चिनियाँ पक्षबाट सीपीसी र एमालेबीचको सम्बन्ध, वाम शक्तिको एकता र विद्या भण्डारीको सम्भावित नेतृत्व क्षमताप्रति संकेत गरिएको आँकलन गरिएको छ । तर, कतिपय कूटनीतिज्ञहरू चीनले यस्तो स्पष्ट समर्थन नगर्ने कूटनीतिक शैली भएको भन्दै सावधानीपूर्वक विश्लेषण गर्न सुझाव दिन्छन् । एमाले नेताहरूले भ्रमण प्रधानमन्त्री केपी ओलीकै सल्लाहमा भएको बताएका छन्, र पार्टीभित्र यसलाई औपचारिक भ्रमणकै रूपमा बुझिएको छ । तथापि, चिनियाँ चासो र भेटघाटहरूको तहले भ्रमणबाट केही सन्देश आएको संकेत गर्छ ।
भ्रमणले दिएका चार सन्देश
विदेश नीति र कूटनीतिमा अनुभवी व्यक्तिहरूका अनुसार पूर्वराष्ट्रपति विद्या भण्डारीलाई चीनले दिएको सम्मान र चासोको पछाडि चार प्रमुख कारण रहेका छन्, जसले नेपालको वाम राजनीति र शक्ति सन्तुलनमा विशेष सन्देश बोकेको देखिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा, चीनले विद्या भण्डारीलाई नेपालका वाम शक्तिहरूलाई एकत्रित गर्ने सम्भावित साझा नेतृत्वका रूपमा हेरेको आँकलन गरिएको छ विशेषतः केपी शर्मा ओली र प्रचण्ड नेतृत्वमा भएका अघिल्ला एकता प्रयासहरू असफल भएपछि, विद्या भण्डारीप्रति यस्तो आशा राखिएको देखिन्छ ।
कूटनीतिक विश्लेषकहरूका अनुसार चीनको दीर्घकालीन नीति ‘शक्तिलाई अस्वीकार नगर्ने’ हो । इतिहासमा राजतन्त्र सत्तामा रहँदा चीनले राजासँग नजिकको सम्बन्ध राखेको थियो । अहिलेको सन्दर्भमा, पार्टीभित्रै ओलीलाई चुनौती दिँदै उदाउँदै गर्नुभएकी भण्डारीप्रति चिनियाँ आकर्षण देखिनु यसैको निरन्तरता हो । चीन र विद्या भण्डारीबीचको सम्बन्ध नयाँ होइन । भण्डारीको राष्ट्रपतिकालमा चीनसँगको सहकार्य, विशेष गरी ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बिआरआई) सँगको समर्थन, अहिले पनि चिनियाँ नेतृत्वको स्मृतिमा छ । एकजना भण्डारीनिकट नेता भन्छन्, ‘सी जिनपिङ स्वयंले विद्या भण्डारीलाई विश्वास गर्ने नेताका रूपमा हेरेका छन् ।
चीनले अघि सारेको समाजवादी मोडेल र उसका महत्वाकांक्षी परियोजनाहरूमा विद्या भण्डारीको भूमिका सकारात्मक रहँदा चीनको भरोसा अझ गहिरिएको हो ।’ चौथो कारण हो- ‘जनताको बहुदलीय जनवाद’ (जबज) प्रतिको चिनियाँ चासो । एकदलीय शासन प्रणालीमा आलोचना खेप्दै आएको चीनका लागि ‘लोकतान्त्रिक समाजवाद’ प्रतिको झुकाव राजनीतिक रूपमा उपयोगी बन्दै गएको छ । मदन भण्डारी फाउन्डेसनमार्फत जबजको प्रवद्र्धन तथा त्यसमा विद्या भण्डारीको सक्रियता, चिनियाँ ध्यान आकर्षित गर्न पर्याप्त देखिएको विश्लेषण कतिपयको छ ।







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर