काठमाडाैं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले विपद्जन्य घटना न्युनिकरणका लागि सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ‘समयमै नदी र खोलाहरुलाई सफा गर्ने, बाँध लगाउने जस्ता कामहरु सरकारले गरिरहेको पनि उल्लेख गर्नुभयो । उहाँले अधिकार सम्पन्न वागमती सभ्यताबाट नदीहरु सफाई गर्ने कार्य शुरु गरिसकको बताउनु भयो । उहाँले अचानक आउने विपद्बाट हुने क्षति न्युनिकरणका लागि सरकारले यस पटकदेखि सानो भएपनि तत्काल अर्च गर्न पाउने गरी बजेट विनियोजन गरेको बताउनु भयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो, ‘समयमै नदी र खोलाहरुलाई क्लिन गर्ने, बाँध लगाउने गरेको खण्डमा त्यसबाट धेरै हदसम्म क्षति कम हुने सुझाव आएको छ । त्यो सकारात्मक छ । हामीले अधिकार सम्पन्न वागमती सभ्यताबाट नै हामीले नदीहरु सफाई गर्ने कार्य शुरु भइसकेको छ । अचानक बाढी आउँछ, पुलहरु ड्यामेज हुन्छन्, बजेट पहिला तत्काल प्रयोग गर्न बजेट थिएन । तर अहिले हामीले विपद् हुँदा त्यसलाई सम्बोधन गर्न बजेट राख्नुपर्छ भनेर सानो भएपनि शुरुवात गरेका छाैँ । मनसुनबारे पूर्वसूचना अनुसार हामी मन्त्रालयबाट आवश्यक तयारीका काम शुरु गरिसकेका छौँ ।’
उपप्रधानमन्त्री सिंहले विगतमा भएका कामबाट सिकेर अघि बढ्न जरुरी रहेको बताउनु भयो ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…