
काठमाडौं । राजसंस्था र हिन्दू राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत राजावादीहरुले आज काठमाडौंको सिफल चौरमा प्रदर्शन गरेका ।
उनीहरुले हिजो सोमबार भने विरोध प्रदर्शन गरेका थिएनन् ।
जेठ १९ गते नारायणहिटी दरबार हत्याकाण्ड भएको स्मृतिमा शोक मनाउन भन्दै प्रदर्शन नगरेका राजावादीहरुले आज भने प्रदर्शन गरेका हुन्।
राजावादीहरुले गणतन्त्र घोषणा भएको दिन जेठ १५ गतेदेखि प्रदर्शन गर्दै आएका छन्।
काठमाडौंका तीन ठाउँ बाहेक प्रदर्शन गर्न नपाइने भएपछि उनीहरु आज सिफलमा भेला भएका थिए । जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रदर्शनका लागि तीन वटा स्थान तोकेको थियो ।
आइतबार बसेको जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले तीन वटा स्थानमा मात्रै प्रदर्शन गर्न सिफारिस गरेअनुसार प्रमुख जिल्ला अधिकारीकाे आदेश जारी भएकाे थियाे ।
आदेश अनुसार अब सिफल चौर क्षेत्र, कोटेश्वरको आकाशे पुलदेखि दक्षिण बालकुमारीतर्फको क्षेत्र र बल्खु क्षेत्रमा प्रदर्शनका लागि स्थान तोकेको छ ।
यस स्थानमा बाहेक बढीमा दुई महिनासम्मका लागि अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्था विरोधका कार्यक्रम गर्न निषेध गरेको छ। १५ जेठमा उल्लेख्य रूपमा राजावादीहरू सडमा देखिए पनि आजसम्म आउँदा त्यो संख्या ह्वात्तै घटेको देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच