
काठमाडौं । ऐतिहासिक सिन्धुलीगढी युद्धको विषयमा चैतन्य प्रधानद्वारा लिखित ऐतिहासिक उपन्यास ‘सिन्धुलीगढी युद्ध’को विमोचन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच श्री श्री श्री १००८ विश्वमोहिनी विष्णु कोइरालाले विमोचन गर्नुभएको हो । बडामहाराजाधिराज पृथ्वीनारायण शाहको नेतृत्वमा अंग्रेजसँग भएको ऐतिहासिक सिन्धुलीगढी युद्धको विषयमा यो उपन्यास पाठकमाझ आएको हो । विमोचन कार्यक्रममा डा. सुरेन्द्र भण्डारी, वरिष्ठ पत्रकार प्रेम कैदी, डा.प्रेम सिंह बस्न्यातलगायतले पृथ्वीनारायण शाहको रणनीति, रणकौशलबारे चर्चा गर्नुभएको थियो ।
सिन्धुलीगढी युद्धमा गोरखालीको विजयका कारणले दिएको योगदान र महत्वबारे कार्यक्रममा बृहत अन्तरक्रिया गरिएको थियो । पुस्तकका लेखक चैतन्य प्रधानले हिमवतखण्डमा लुकेर बसेका अनेकौं बाइसे र चौबीसे राज्यहरूलाई किन एकीकरण गर्न आवश्यक पर्यो र गुरु गोरखनाथको प्रेरणा र आशीर्वादले पृथ्वीनारायण शाहले कसरी एकीकरण गरे, पृथ्वीनारायण शाहले कीर्तिपुर आक्रमण गर्दा बाघभैरवको कारणले लिन सकेन र पछि कसरी बाघभैरवलाई मनाई लिन सफल भए भन्ने विषयलगायत अनेक ऐतिहासिक विषय पुस्तकमा रहेका चर्चा गर्नुभएको थियो । ३१२ पृष्ठको यस उपन्यासले पृथ्वीनारायण शाहकालीन इतिहास बुझ्न महत्वपूर्ण सहयोग पुग्ने चर्चा त्यस अवसरमा गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच