काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी) ले इन्डियन प्रिमियर लिग (आईपीएल)मा पहिलो उपाधि जितेको छ। अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा आरसीबीले पञ्जाब किंग्स रलाई ६ रनले हराएको हो। १९१ रनको लक्ष्य पछ्याउँदै गरेको पञ्वाबद १८४ रनमै समेटियो। उपाधि जितेपछि विराट कोहली मैदानमै रूनुभएको छ ।
अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा १९१ रनको लक्ष्य पछ्याउँदै रहेको पञ्जाब किंग्स १८४ रनमै रोकियो। बेंगलुरूका तर्फबाट विराट कोहलीले ३५ बलमा ४३ रन बनाउनुभयो ।
पञ्जाबका जितेश शर्माले तीव्र ब्याटिङ गर्दै २४० स्ट्राइक रेटमा १० बलमा २४ रन जोड्नुभयो । बेंगलोरका क्रुणाल पाण्ड्याले १७ रन दिँदै २ विकेट लिनुभयो । भुवनेश्वर कुमारले पनि २ विकेट लिनुभयो ।
आईपीएलको उपाधि जितेसँगै आरसीबीले पुरस्कार स्वरुप २० करोड भारु प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको पंजाब किंग्सले १३ करोड भारु प्राप्त गरेको छ ।
आईपीएलको यो सिजन सर्वाधिक रन बनाउँदै अरेन्ज क्याप जितेका गुजरात टाइटन्सका साई सुदर्शनले १५ लाख भारु पुरस्कार प्राप्त गर्नुभएको छ । यस्तै सर्वाधिक विकेट लिँदै पर्पल क्याप हात पार्नुभएका गुजरात टाइटन्सकै प्रसिद्ध कृष्णाले पनि १५ लाख भारु पुरस्कार प्राप्त गर्नुभयो । भने मुम्बई इन्डियन्सका सूर्यकुमार यादव सबैभन्दा महत्वपूर्ण र मूल्यवान खेलाडी बन्दै १२ लाख भारु पुरस्कार प्राप्त गर्नुभयो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच