
काठमाडाैं । हामी मध्ये धेरैले दिनको शुरुवात चिया, कफीबाट गर्ने गछौं । अफिसमा ब्रेकको समय होस्, या साथीभाइसँगको भेटघाटमा होस्, हामी धेरै जना चिया वा कफी पिएर गफिने गर्छौ । नेपालीहरुमा त भेटघाटमा चिया वा कफी पिउने एक प्रकारको संस्कृति नै बन्न थालिसकेको छ ।
आज हामी ब्ल्याक कफीले शरीरमा गर्ने फाइदाको विषयमा चचौ गर्दैछौं । विशेषगरी महिलाहरूका लागि, जो घर, अफिस र व्यक्तिगत जीवनको सन्तुलन मिलाउने प्रयासमा व्यस्त रहन्छन्, ब्ल्याक कफी केवल स्वादिलो पेय मात्र होइन, स्वास्थ्य र ऊर्जा दिने एक प्रभावकारी विकल्प बन्न सक्छ।
ब्ल्याक कफीले महिलाहरूलाई दिने प्रमुख फाइदाहरू:
१. प्राकृतिक ऊर्जा बूस्टर र फोकस बढाउने सहयोगी
ब्ल्याक कफीमा पाइने क्याफिनले दिमागलाई सतर्क, सक्रिय र ध्यान केन्द्रित बनाउन सहयोग गर्छ। थकाइ, अल्छीपन हटाउँछ र एकाग्रता बढाउँछ, जसले गर्दा महिलाहरूको दैनन्दिन कार्यमा उत्पादकता वृद्धि हुन्छ।
२. तौल घटाउन सहयोगी
ब्ल्याक कफी मेटाबोलिज्म बढाउँछ, जसले गर्दा शरीरले बढी फ्याट बर्न गर्न सक्छ। वर्कआउटभन्दा ३० मिनेट अघि एक कप ब्ल्याक कफी सेवन गर्दा वजन घटाउने प्रक्रियामा सकारात्मक प्रभाव पर्न सक्छ। साथै, यसले केही समयको लागि भोक कम गराउँछ, जसले ओभरइटिंगबाट जोगाउँछ।
३. छाला, कपाल, मुड र मानसिक स्वास्थ्यमा फाइदा
ब्ल्याक कफीमा रहेको एन्टिअक्सिडेन्टले छालालाई चम्किलो बनाउँछ र उमेरसँग सम्बन्धित लक्षणहरू ढिला देखिन्छन्। कपाल पनि बलियो हुन्छ। साथै, कफीले ‘डोपामिन’ नामक हार्मोनलाई सक्रिय बनाउने भएकाले तनाव घटाउँछ र मुड राम्रो बनाउँछ।
४. मुटु र मधुमेह नियन्त्रणमा सहयोग
रिसर्च अनुसार, सीमित मात्रामा ब्ल्याक कफीको नियमित सेवनले टाइप २ डायबिटिजको जोखिम घटाउन सक्छ। यसले हृदय स्वास्थ्यमा पनि सकारात्मक असर पार्न सक्छ, तर चिनी र क्रीम बिना सेवन गर्नुपर्छ।
ब्ल्याक कफी पिउने सही समय
- बिहान उठेपछि १ घण्टापछि
- व्यायाम गर्नुभन्दा ३० मिनेटअघि
- दिउँसो झ्याँस आउँदा
- दिनमा २ कपभन्दा बढी नपिउनुहोस्
ब्ल्याक कफी महिलाहरूको लागि स्वाद मात्र नभई स्वास्थ्य, तन्दुरुस्ती र मानसिक सन्तुलनको भरपर्दो साथी बन्न सक्छ। तर यसको समय र मात्रा सहीसँग मिलाउनु अत्यावश्यक छ। एक कप ब्ल्याक कफीमा लुकेको हुन्छ स्वास्थ्यको गुप्त रहस्य।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच