
एक तिम्रो, एक मेरो
एक हामी सबैको
एक उसको, एक मेरो
एक हामी सबैको ।
दुर्बल अलि धेरै खोज्छ
एकले नपुगी अनेक खोज्छ
सबल बिर्सिन्छ आफ्नै-
बिग्रिन्छ-अनेक खोज्छ !
सुखी सम्झँदैन सुखमा,
पुग्छ दुःखको मुखमा
प¥यो आपत देवता
गर्छ विनती अनेक-वटा-
एकलाई होइन अनेकलाई !
सोच्छ पुकारौं कतिलाई ?
एकलाई भने अर्को रिसाउला
अर्को रिझाए झन् अर्को रिसाउला !
एक आफ्नोले नपुगेर मित्र
एक आफ्नो छ जुन मन भित्र,
बाहिर जगमा जब पुग्छौ धाउन
गाह्रो हुन्छ तब सबलाई पाउन
भन, कति छन् देवता ?
तेत्तीस करोड ?
बुझ्छौ के हो तेत्तीस कोटि ?
नबुझिकन हिम्ड्छौं धाउन,
गाह्रो हुन्छ सबलाई पाउन,
बुभ्mनु पर्दैन तेत्तीस प्रकार,
एक बुझे पुग्छ ।
एक तिम्रो, एक मेरो
एक हामी सबैको
एक उसको, एक मेरो
एक हामी सबैको !
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच