
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का संस्थापक अध्यक्ष तथा साहित्यकार होमनाथ सुवेदीका उपन्यास-१०, कवितासंग्रह-६, खण्डकाव्य-चार, महाकाव्य-तीन, लोकसाहित्य-तीन, पत्रसाहित्य-दुई, कथा-तीन, समालोचना, इतिहास-पाँच, सम्पादन-चार, समूह सम्पादन-१२ गरी लिखित-३९, सम्पादित-१६ गरेर ५५ कृति प्रकाशित छन् । उहाँले स्थापना गरेको अनेसासका यतिबेला विश्वका विभिन्न देशमा एक सयभन्दा बढी च्याप्टर खोलिएका छन् भने ६० भन्दा बढी देशमा सक्रिय छ । उहाँ थुपै्र पुरस्कार, अभिनन्दन र सम्मानबाट विभूषित हुनुभएको छ । अब क्वान्टेम साहित्यको विकास गर्नुपर्छ भन्ने धारणा राख्नुहुने साहित्यकार होमनाथ सुवेदीसँग हिमालय टाइम्सका लागि कृष्ण भुसालले गर्नुभएको संवादको संक्षिप्त अंशः
यतिबेला के लेख्दै हुनुहुन्छ ?
‘सोफिया’ (क्वान्टम उपन्यास)मा छु ।
साहित्य लेखन कहिलेदेखि सुरु गर्नुभयो, पहिलो के थियो होला याद छ ?
म १७ वर्षको हुँदा २०२१ सालमा म्याग्दी ताकममा जिल्लास्तरीय साहित्य सम्मेलन गराएर म स्वयंले पनि कविता वाचन गरेको थिएँ । २०२५ सालमा अविवेक कथा हिमाल पत्रिकामा छापियो । तृतीय विश्वयुद्ध निबन्ध २०२६ सालमा रचना संग्रहमा पुस्तकमा छापियो, मेरो पहिलो संग्रहित, सम्पादित र प्रकाशित पुस्तक पनि यही हो ।
हालसम्म यहाँका प्रकाशित कृतिहरू कति छन् र अझै कुन-कुन विधाका कति कृतिहरू लेख्ने र प्रकाशन गर्ने योजनामा हुनुहुन्छ ?
प्रकाशित कृतिहरूमा उपन्यास-न्याउली-वि.सं.२०४३, नजर-वि.सं.२०४४, त्रिमूर्ति-वि.सं.२०४४, वीणा-वि.सं.२०४५, रत्ना-वि.सं.२०४३, द्यौराली–वि.सं.२०५१, अंकुर-वि.सं.२०५३, यमपुरीको महल वि.सं.२०६४, डिसी नेपाल डटकममा पोस्टेड दुईवटा उपन्यास-अन्तर्दाह र वेलकम टु अमेरिका । जम्मा १० वटा छन् ।
यस्तै, कविता संग्रहमा प्रवासी स्वर-वि.सं. २०५४, आप्रवासका सुसेली वि.सं.२०६३, डायस्पोराका डोरा २०११, प्रेम दिवस वि.सं.२०६८, स्मृति वि.सं.२०७०, भूकम्प २०७२/२०१५ छन् । त्यस्तै, मुक्तक र गजल संग्रहमा सेतो गाजल (वि.सं.२०६४), कालो गाजल (२०६९/२०१२), मुक्तक र मुक्ति (२०६९/२०१२) छन् । यसैगरी खण्डकाव्यमा छयासीको छवि-२०६४, ग्रहग्रस्त दिवाकर-२०६५, नन्दा शोककाव्य २०८१, सेती गजल शोक खण्डकाव्य २०८१ रहेका छन् । त्यस्तै, महाकाव्यमा डायस्पोराको पेन २००९, नन्दिनी (शोक महाकाव्य)२०८१, यो समाज ! (महाकाव्य नेपाली पोष्ट डटकम र डिसी नेपाल डटकममा पोष्टिङ भइसकेका छन् । लोकसाहित्यमा नेपाली लोककथा-(छन्त्यालको छेउछाउबाट) वि.सं २०५२, छन्त्याल लोक कथा-संकलन (वि.सं.२०६६), नेपाली लोककथाको परम्परामा छन्त्याल लोककथाको अध्ययन (ई. २०१३) अनुसन्धान रहेका छन् । त्यस्तै, पत्र साहित्यमा आप्रवासीका पत्र (२०६६), सानो नेपाल डायस्पोरामा (ई.२०११) रहेका छन् । यसैगरी कथामा चिरिएको मुटु- कथासंग्रह २००७, डायस्पोराको मान्छे (ई.२०११), सपना (स्वप्न कथा) (ई. २०१२) रहेका छन् ।
डायस्पोरिक चेतनाको पूर्ण विकास र क्वान्टेम लिटेरेचरको विकास गर्नु आजको अनेसासका लागि हाँक हो । मानक अगाडि राखेर लेखेको सिर्जनाभन्दा स्वतःस्फूर्त रूपमा लेखिएको साहित्यमा यथार्थ डायस्पोरिक भावना हुन्छ । एनआरएनए फुट्नु हुँदैन, मिल्नुपर्छ ।
त्यस्तै, समालोचना र इतिहासमा नवछायावादको छवि-२००८, समुद्रपारका समालोचना (समालोचना संग्रह) २००९, गंगाको समीक्षा (२०६९/२०१२), डायस्पोराबाट नेपालका समालोचना (२०७०/२०१३), उत्तर अमेरिकाको नेपाली साहित्यको इतिहास (वैशाख १८, २०७५/मई १, २०१८) रहेका छन् । त्यस्तै, सम्पादनमा गंगाका गजल (२०६७), सखी वियोग-गंगा लिगल (२०६७), मृदुलका गजल(२०६६), गौतमका गजल (२०६६) । समूह लेखन तथा सम्पादनमा रचना संग्रह (२०२६), ‘ताकम दर्पण’ सहलेखन (वि.सं.२०५५), अनेसास पुरस्कृत कृति परिचय २००५(समीक्षा संग्रह)-(वि.सं.२०६६), अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन-समीक्षा संग्रह (ई.२०१२), अनेक डायस्पोराका कविता (कविता संग्रह(ई.२०१२), अनेक डायस्पोरामा देवकोटा (समीक्षा संग्रह (ई.२०१२), वांगमय-(ई.२०११), अनेक डायस्पोराको साहित्य (ई. २०१४), अनेसासको इतिहास २०७३/२०१६, जि.मु.हरिलाल बन्धुवृत्तमा (२०७३/२०१७), साहित्यकार प्रा. ठाकुरप्रसाद पराजुली (स्मृतिग्रन्थ)वि.सं.२०८१, नन्दादेवी सुवेदी स्मृतिग्रन्थ (२०८१) जस्ता रहेका छन् । यसरी प्रकाशित कृतिहरूमा उपन्यास-१०, कवितासंग्र्रह-६, खण्डकाव्य–चार, महाकाव्य–तीन, लोक साहित्य-तीन, पत्रसाहित्य-दुई, कथा-तीन, समालोचना, इतिहास-पाँच, सम्पादन-चार, समूह सम्पादन-१२ रहेका छन् । यसरी लिखित-३९, सम्पादित-१६ गरेर जम्मा-५५ कृति प्रकाशित छन् । माथि भनिएका कृतिमध्ये तीनवटा अनलाइनमात्र हुन् । अरू समालोचना र उपन्यास चारवटा कृति प्रकाशोन्मुख छन् ।
तपाईंलाई आफ्ना मौलिक कृतिहरू निकालेपछि कस्तो अनुभूति हुने गर्छ ?
आत्मोत्सर्गको अनुभूति हुन्छ ।
यहाँले प्राप्त गरेको पहिलो पुरस्कार, अभिनन्दन र सम्मानको सम्झना छ कि ?
पहिलो त स्कुलमै थियो । त्यसपछि धेरै सम्मान पुरस्कार प्राप्त भए । रत्न पुरस्कार, सूर्यनारायण पुरस्कार, अस्वीकृत पुरस्कार प्राप्त । त्यस्तै, एनआरएनए, अनेसास, एएनए तथा मोना युएसएलगायत चार दर्जन संघसंस्थाबाट अभिनन्दित र सम्मानित हुने अवसर प्राप्त भएको छ । त्यस्तै, एनआरएनए, अनेसास, एएनए तथा मोना युएसएलगायतका संस्थाबाट अभिनन्दित र सम्मानित । ई.२००४ मा पाइनिअर अफ नेपाली लिटरेचर इन द नेपाली ड्यास्पोरा । ई.२०१७ मा अनेसास डिसी मेट्रोद्वारा नेपालीमा ‘डायस्पोरा साहित्य शिरोमणि’ पदसहित अभिनन्दन, ई. २०२४ मा अनेसास मेरिल्याण्डद्वारा अनेसास डायस्पोरा ध्र्रुवतारा सम्मान, एएनए अमेरिकाद्वारा सोसियल हिरोबाट सम्मानित । अनलाइन नेपाली खबर एनवाइद्वारा सोसियल हिरो र नोभेम्बर ०८, नेपाली आर्टिष्ट अवार्ड २०२४ का क्रममा पाइनिअर अफ एक्सिलेन्सी अवार्डलगायत रहेका छन् ।
यहाँ हालै नेपाल यात्रामा रहनुभयो, यो बीचमा पनि धेरै संघसंस्थाले पुरस्कार, अभिनन्दन र सम्मान गरे नि ?
हो मेरो यसपालीको नेपाल यात्रा निकै व्यस्त नै रहृयो । धेरै ठाउँमा साथीहरू र संघसंस्थाले बोलाएका कार्यक्रममा जान पनि पाइनँ । उहाँहरूसमक्ष एकमुष्ट तपाईंको यस सञ्चारमाध्यममार्फत् क्षमा पनि माग्न चाहन्छु । मेरो यो बसाइमा साहित्यिक पत्रकार संघ काठमाडौंद्वारा अभिनन्दन २०८१, अनेसास, काठमाडौंबाट ‘नेपाली डायस्पोरा स्वर्णतारा सम्मान’ बाट सम्मानित । ताकममा अभिनन्दन–अप्रिल ६, २०२५ तदनुसार चैत २४, २०८१ रामनवमीको दिन पाञ्चायन देवताको परिसरमा उपस्थित भेलाको बीच ज्येष्ठ नागरिक जयकृष्ण उपाध्याय, ज्येष्ठ नागरिक प्रतीक्षालय अध्यक्ष फणिन्द्र सुवेदी, सुकल्प, ताकम अध्यक्ष खुमनाथ सुवेदी, पौडेल बन्धु समाज तथा अन्नपूर्ण पुस्तकालय अध्यक्ष ठाकुर पौडेलबाट अभिनन्दन गरिएको थियो । बेनीमा अभिनन्दन- चैत १२ गते २०८१ को दिन बेनीमा अभिनन्दन गरे । त्यसमा अभिनन्दन गर्ने संस्थामा–१. म्याग्दी बहुमुखी क्याम्पस, २. म्याग्दी साहित्यिक समाज, ३. मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान, ४. धनेश्वरी तारानाथ स्मृतिकोष ५. म्याग्दी सामुदायिक पुस्तकालय ६. पुलस्त्य साहित्य प्रतिष्ठान ।
यो साइबर साहित्यको युग हो । अब क्वान्टेम साहित्यको विकास गर्नुपर्दछ । उत्ताउलो यौन प्रदर्शन साहित्यमा आउनु उचित होइन । साहित्य समाजको दर्पण हो भने यौन र श्रमलाई समाजबाट अलग राख्न सकिँदैन । द्वितीय विश्वयुद्धपछि आएको प्रविधि, सामाजिक, सांस्कृतिक परिवर्तनको उपज हो उत्तरआधुनिक साहित्य ।
चितवनमा अभिनन्दन-१५ चैत २०८१ का दिन चितवन नवलपुर परासीका संघसंस्थाका तर्फबाट अध्यक्षहरूले सम्मान र अभिनन्दन गरे- १.चितवन साहित्य परिषद्, अध्यक्ष-केदार खनाल, २.अनेसास चितवन शाखा, अध्यक्ष–लकाश, ३.छन्दकाव्य प्रतिष्ठान नेपाल, अध्यक्ष- लकाश, ४. साहित्य संगम चितवन, अध्यक्ष-प्रकाश चापागाईं, ५. इच्छा कामना साहित्य प्रवाह, अध्यक्ष– एकराज शर्मा, ६. प्रलेस, चितवन, अध्यक्ष-उषा तिवारी, ७.अभिव्यञ्जना, अध्यक्ष-चिराग भण्डारी, ८.नारी साहित्य समाज, नवलपुर, अध्यक्ष–कृष्णदेवी आचार्य, ९.लक्ष्मी साहित्य समाज, नवलपुर, अध्यक्ष-सदानन्द रिजाल, १०.विश्व साहित्य महासंघ, चितवन शाखा अध्यक्ष–हरिप्रिया रिजाल । नीलकण्ठ पौडेल स्मृति अन्तर्राष्ट्रिय प्रतिभा सम्मान २०८१ पुरस्कार– पं. नीलकण्ठ पौडेल स्मृति गुठीद्वारा चैत १६ मा पं. नीलकण्ठ पौडेल स्मृति अन्तर्राष्ट्रिय प्रतिभा सम्मान २०८१ पुरस्कारबाट पुरस्कृत । ‘गोधुली वाङ्मय शिखर अभिनन्दन’– गोधुली कला साहित्य प्रतिष्ठानले ‘गोधुली वाङ्मय शिखर अभिनन्दन’ गरेको छ । यहाँ निम्न संस्थाहरूले अभिनन्दन गरे–१. अरनिको अभियान, २. नोबेल साकोस साहित्य संस्था, ३. संस्कार समाज नेपाल, एञ्जल्स वल्र्ड इन्टरन्यासनल एकेडेमी, ४. पौरखी हात र राष्ट्रिय पत्रिका परिवार ।
यसपटक पनि अभिनन्दन र सम्मानको लहर नै चलेछ । अमेरिका फर्कंदाफर्कँदै पनि कतार अभिनन्दन–मई १४, २०२५ (वैशाख ३१, २०८२) को दिन, अनेसास कतार च्याप्टर र नवोदित साहित्यिक वाचनालय कतारले दोहामा तपाईं होमनाथ सुवेदीको अभिनन्दन गरेको खबर पाइयो । यो गौरवको कुरा हो । अब अर्को विषयतिर लागौं । एकथरि मानिसहरू भन्छन्, साहित्यमा यौन चाहिन्छ । अनि अर्काथरि मानिसहरू भन्छन् साहित्यमा यौन वर्जित छ । यहाँको विचारमा के होला ?
साहित्य समाजको दर्पण हो भने यौन र श्रमलाई समाजबाट अलग राख्न सकिँदैन र साहित्यका त यी अभिन्न अंग हुन्छन् नै तर उत्ताउलो यौन प्रदर्शन साहित्यमा आउनु उचित होइन ।
तपाईंलाई वर्तमान समयमा निस्केका आख्यान/अनाख्यान कृतिहरूमध्ये कस-कसका कुन-कुन कृतिहरू कुन हदसम्म मन पर्छन् ?
खेमनाथ दाहालको ‘अहोरात्र’ उपन्यास र जगन्नाथ पौडेलको ‘न्युयोर्कभरि सगरमाथा’ कवितासंग्रह मन पर्छन् ।
उत्तर आधुनिकता भनेको के ? तपाईंका विचारमा नेपालमा यसको प्रयोग के-कसरी भइरहेको छ ?
द्वितीय विश्वयुद्धपछि आएको प्रविधि, सामाजिक, सांस्कृतिक परिवर्तनको उपज हो उत्तर आधुनिक साहित्य । कथामा प्रारम्भ, मध्य र अन्तको क्रमभंग गर्छ । घटनात्मक होइन अनुभूतिपरक आख्यानको विस्तार गर्छ र परम्पराको बन्धनको विरोध गर्छ र शाश्वत सत्यको पनि । उपयोगिताका आधारमा सत्यको रूप फेरिन सक्छ । विधाभञ्जन गर्छ । नेपाली साहित्यमा उत्तर आधुनिकताको कुनै सूत्र छैन र जो जसले जसरी मन लाग्यो त्यसरी प्रयोग गरिरहेछन् यो प्रयोगका लागि प्रयोग भइरहेछ । अहिले यसमा यति नै भनौं ।
अबको साहित्य कस्तो लेखिनुपर्छ भन्ने लाग्छ ?
यो साइबर साहित्यको युग हो । यहाँ अब क्वान्टेम साहित्यको विकास गर्नुपर्दछ । यसपटक नेपाल भ्रमणको मेरो लक्ष्य पनि नेपाली साहित्यलाई क्वान्टेम साहित्यको सोपानमा अघि बढ्न सन्देश दिनु थियो । मैले पनि यो वर्ष लेखन, सम्पादन गरेका कृतिमा क्वान्टम फिजिक्सको र फ्युचरिष्टिक पोइन्ट अफ भ्युजबाट ५० वर्षपछिसम्म हुने सञ्चार र यातायातको क्रान्तिबाट हुने नयाँ मानवको सभ्यता र संस्कृतिको परिवेशको उपयोग गरेको छु । प्रयोग गरेको छु ।
यहाँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को संस्थापक अध्यक्ष, कसरी सोच आयो यहाँमा यो संस्थाको स्थापनाका विषयमा ?
यो भूमण्डलीकरणमा हामी अल्पसंख्यक नेपालीको पहिचान दिगो र दरिलो बनाइराख्न नेपाली भाषा, साहित्य, कला र संस्कृतिको अन्तर्राष्ट्रियस्तरमै संरक्षण, संवद्र्धन गर्नु आवश्यक देखेर नै अमेरिकाबाट १९९१ मा यो संस्थाको स्थापना गरिएको हो ।
आफूले जन्माएको हुर्काएको यो संस्था यतिबेला विश्वका धेरै ठाउँमा सक्रिय छ, कस्तो अनुभूति हुन्छ यतिबेला ?
विश्वका विभिन्न देशमा एक सयभन्दा बढी च्याप्टर खोलिएका छन् । ६० भन्दा बढी देशमा अनेसास सक्रिय छ । हामीले केही गर्नुपर्दैन । स्वतःस्फूर्त रूपमा यो सञ्जाल अगाडि बढेको देखेर गौरवको अनुभूति हुन्छ ।
यस संस्थाका वर्तमान क्रियाकलापबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
एकदम तीव्र गतिमा काम भइरहेको छ । सन्तुष्ट छु तर अझ धेरै गर्न बाँकी छ ।
वर्तमानमा यस संस्थाका समस्या के-कस्ता रहेको पाउनुहुन्छ ?
भवन निर्माणको काम, डायस्पोरिक चेतनाको पूर्ण विकास र क्वान्टेम लिटेरेचरको विकास गर्नु आजको अनेसासका लागि हाँक हो ।
अबको अनेसास कस्तो हुनुपर्छ भन्ने लाग्छ ?
अन्तर्राष्ट्रियमात्र होइन अन्तर्ग्रहीय र साइबर साहित्यमा पनि गुड्न र उड्न सक्नुपर्दछ ।
एनआरएनलाई सिटिजनसिप दिएको छ नेपाल सरकारले तर मालपोतले जग्गा नामसारी गर्दैन ।
एनआरएनलाई भुलभुलैयामा राख्न भएन ।
राजनीतिक अधिकारमात्र कटौती गरी बाँकी सबै अधिकारसहितको एनआरएन सिटिजनसिप ऐन तुरुन्त संसद्बाट पास गरेर मालपोत कार्यालयलाई जग्गा नामसारी गर्ने आदि काम गर्न परिपत्र गरिदिनुपर्छ ।
एनआरएन सिटिजन नेपाली थिए, नेपाली हुन् र नेपाली नै रहन्छन् । उनीहरूको राजनीतिक अधिकारबाहेक अरू कुनै पनि अधिकार खोसिनुहुन्न ।
डायस्पोरा लेखनलाई तपाईंको दृष्टिबाट कसरी मूल्यांकन गर्नुभएको छ ? मानकतालाई ख्याल गरेर लेखिएका छन् या रहर एवं रोइला र कुण्ठामात्र लेखिएका छन् ?
मानक अगाडि राखेर लेखेको सिर्जनाभन्दा स्वतःस्फूर्त रूपमा लेखिएको साहित्यमा यथार्थ डायस्पोरिक भावना हुन्छ । चेतनाले भरिएका पनि प्रशस्त छन् ।
डायस्पोरिक साहित्यको अवस्था कस्तो देख्नुहुन्छ ?
बालसाहित्यदेखि प्रौढ र परिपक्व पाठकका लागि पनि कृति सिर्जना भएका छन् । उन्नत देख्छु ।
साहित्यिक गुट-उपगुटलाई तपाईं कुन रूपमा लिनुहुन्छ ?
पहिले गाउँ थियो, अहिले शहर भएको छ । समग्रमा यो खुसीको कुरा हो ।
नेपाली साहित्यलाई विश्वसाहित्यको दाँजोमा यहाँ कहाँनेर पाउनुहुन्छ ?
गुणात्मक रूपले स्तरीय छ तर प्रचारप्रसारको दृष्टिले गरिब छ ।
नेपाली साहित्यलाई अनुवाद गरेर विश्वस्तरमा लैजान किन सरकारी र गैरसरकारी तहबाट उदासीनता देखाइएको होला ?
बजेट र चेतनाको अभाव ।
तपाईं कुनै साहित्यिक विचार लेखनको अभियानमा हुनुहुन्छ कि ?
डायस्पोरा र क्वान्टेम लिटरेचरको विस्तार अहिलेको मेरो ध्येय हो ।
एनआरएनएको प्रश्नमा यहाँको केही भन्नु छ कि ?
पहिलो कुरो एनआरएनए फुट्नुहुँदैन मिल्नुपर्छ । दोस्रो कुरो एनआरएनलाई सिटिजनसिप दिएको छ नेपाल सरकारले तर मालपोतले जग्गा नामसारी गर्दैन । ऐन बनेको छैन भन्छ । यसरी एनआरएनलाई भुलभुलैयामा राख्न भएन । राजनीतिक अधिकारमात्र कटौती गरी बाँकी सबै अधिकारसहितको एनआरएन सिटिजनसिप ऐन तुरुन्त संसद्बाट पास गरेर मालपोत कार्यालयलाई जग्गा नामसारी गर्ने आदि काम गर्न परिपत्र गरिदिनुपर्छ । एनआरएन सिटिजन नेपाली थिए, नेपाली हुन् र नेपाली नै रहन्छन् । उनीहरूको राजनीतिक अधिकारबाहेक अरू कुनै पनि अधिकार खोसिनुहुन्न ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच