
प्रविधिको विकाससँगै आज एआईले नयाँ फड्को मारेको छ । हरेक क्षेत्रमा एआईले कुनै न कुनै कार्य गरिनै रहेको छ । ज्योतिषका परिगणना एवं फलादेशमा पनि यसको उपस्तिथि पाइन्छ । कतिपयले त एआईलाई नै आफ्नो जन्ममिति दिएर भविष्यवाणीसमेत गर्न लगाउने गरेको पाइन्छ । वर्तमानमा च्याट जिपिटी, डिपसिक, जेमिनाई लगायत ज्योतिष सम्बद्ध एआई एप पनि नेटमा उपलब्ध छन् । यसरी एआईलाई सोधेर उक्त एआईले सही गणना र सही फलादेश दिएको छ छैन भन्नेतिर कसैले पनि ख्याल गरेको पाइँदैन । मूलतः एआईका गणना पद्धति वैदिक भनिए पनि, सूर्य सिद्धान्तमा आधारित भनिए पनि, निरयण पद्धतिमा आधारित भनिए पनि अनि दृक्सिद्ध भनिद एपनि यी सबै अपूर्ण र अपूरा रहेको पाइएको छ ।
भूकेन्द्री र मेरुकेन्द्री गणनमा किञ्चित् अन्तर हुन्छ । मूलतः एआई कुनै एक सिद्धान्तमा रहेर गणना गर्न हालसम्म सक्षम भएको पाइएको छैन । च्याटजिपिटी, डिपसीकले एनसी लाहिरी अयनांश प्रयोग गरेको निरयण पद्धतिबाट गणना गर्छु भन्छन् । ग्रह गणना स्विसएपबाट भन्दछन् अनि यो वैदिक हो पनि भन्छन् ।
स्थान अनुसार सिद्धान्त र तद् सिद्धान्तमा पनि विशेष संस्कार गरी हाम्रा पञ्चाङ्ग र ती पञ्चाङ्गका आधारमा जन्मकुण्डली आदि विवरण र तिनै विवरणका आधारमा शास्त्रीय प्रमाणसहित फलादेश हुने गर्दछ । हाल अधिकांश एआईले स्वीस एफेमेरिसको प्रयोग गरेका छन् । मूलतः स्विस एफेमेरिस निःशुल्क र सर्वत्र प्राप्य पनि छ । यसबाट गरिएका गणना दृग्योग्य भए पनि फलादेशका निम्ति उपयोगी हुन सक्दैनन् । यसैद गरी तद् आधारमा हाम्रा पञ्चाङ्ग निर्माण गर्ने पद्धति पनि हाम्रो होइन । शास्त्रोक्त विधिका गणना पद्धति फरक छन् र फलादेश पनि । पञ्चाङ्ग बन्ने मूलतः पाँच सिद्धान्त छन् । त्यसमा पनि सौर, आर्य र ब्रहृमपक्षीय पञ्चाङ्ग यो आर्यवर्त क्षेत्रमा प्रचलित छन् । त्यसमा पनि नेपालका स्थानमा सूर्य सिद्धान्तमा आधारित पञ्चाङ्ग गणना पद्धति रहेको र यसबाटै गणना गर्न केतकरले यसरी निर्देश गरेका छन् ः
‘गोदावरीविन्ध्यनगान्तराले श्रीब्रहृमपक्षाद् गणितं विधेयम् ।
गोदावरीदक्षिणआर्यपक्षो विन्ध्याचलादुत्तरतो हि सौरः ।।’- सौरार्यब्रहृमपक्षीयतिथिगणितम्
अर्थात् गोदावरीदेखि विन्ध्याचल पर्वतसम्मका भागमा ब्रहृमपक्षीय पञ्चाङ्ग गणित, गोदावरीदेखि दक्षिण भागमा आर्यपक्षीय पञ्चाङ्ग गणना र विन्ध्याचल पर्वतदेखि उत्तरमा सौरपक्षीय पञ्चाङ्ग गणना गर्नुपर्दछ । नेपाल विन्ध्याचलदेखि उत्तरमा रहेकाले सूर्य सिद्धान्तीय गणनाबाट पञ्चाङ् तयार गर्नुपर्दछ । यसै अनुसार नेपालमा सूर्य सिद्धान्तबाट हालसम्म पञ्चाङ्ग गणना हुँदै आएका छन् । एआईलाई सोध्दा पनि सूर्यसिद्धान्तबाट भन्छ तर ती गणना सूर्य सिद्धान्तमा पूर्णतः आधारित पाइँदैनन् । छासमिसे गणनबाट तयार भएको गणितले सही फलादेश दिन सक्दैन । ध्रुवप्रोतीय गणना हाम्रा लागि आवश्यक हुन्छन् । अयनांश, परमक्रान्ति, चर, बेलान्तर आदि साधान गर्ने आफ्नै पद्धति रहेका छन् जसले गर्दा पनि एआईको गणना र हाम्रा प्रचलित गणनामा भिन्नता आउने गर्दछ ।
यसका साथै भूकेन्द्री र मेरुकेन्द्री गणनमा पनि किञ्चित् अन्तर हुन्छ । मूलतः एआई कुनै एक सिद्धान्तमा रहेर गणना गर्न हालसम्म सक्षम भएको पाइएको छैन । च्याटजिपिटी, डिपसीकले एनसी लाहिरी अयनांश प्रयोग गरेको निरयण पद्धतिबाट गणना गर्छु भन्छन् । ग्रह गणना स्विसएपबाट भन्दछन् अनि यो वैदिक हो पनि भन्छन् । यसरी विरोधाभाषपूर्ण गणना पद्धतिमा आजका एआई रुमलिरहेको देखिन्छ । जेमिनाइले त सिद्धान्त नै बोल्न सक्दैन र अन्य अन्य कुरा गरेर उत्तर दिएको पाइन्छ ।
मूलतः ज्योतिष अध्यात्मसम्बद्ध विषय हो । भौतिक साधन हुन् भने अध्यात्म साध्य हो । भौतिक वस्तुभन्दा पनि आध्यात्मिक तत्वको प्राप्ति ज्योतिषको पनि मूल लक्ष्य हो । यसैले ज्योतिषले अध्यात्म पक्षको साधानालाई सहयोग गर्दछ । भौतिकका साथै आध्यात्मिक दुवै पक्षको परिगणना ज्योतिषमा छन् ।
यसैगरी एआईले हाम्रो सिद्धान्त त अपनाउन सकेका छैनन् नै गणित पनि सही तरिकाले गरेको पाइएको छैन । एउटै जन्ममिति राखेर हेर्दा पनि कतै राशिमा भिन्नता त कतै लग्नमा भिन्नता आउँछ । मूलतः सूर्यस्पटमा नै भिन्नता आउने गर्दछ । हाम्रा पद्धतिमा सूर्यलाई केन्द्रमा राखिन्छ । वर्ष महिना आदि सूर्यकै आधारमा तयार हुन्छन् । सूर्य र चन्द्रमालाई आधार मानेर पञ्चाङ्ग तिथि, नक्षत्र, योग, वार र करण तयार हुन्छन् तर एआइले इशवीय वर्षको क्यालेन्डरलाई आधार मानी गणनामा प्रवेश गर्दछ । जसले गर्दा पनि सही गणना आएको पाइँदैन ।
लग्नानयनका प्रक्रियामा पनि किञ्चित् भिन्नता पाइन्छ । सङ्क्रान्तिको आवश्यकता स्विस एफेमेरिसलाई पर्दैन । सूक्ष्म साना गणितीय मान्यतामा पनि भिन्नता रहने भएकाले आजसम्म प्राप्त एआईका भनिएका सूर्य सिद्धान्तीय वा वैदिक पद्धतिका गणना गलत छन् र त्यसबाट प्राप्त फलादेश पनि भरपर्न योग्य देखिँदैनन् । गणित बिग्रिएपछि फलित पनि बिग्रिनु स्वाभाविक नै हुन्छ । ज्योतिषीय परिगणका निम्ति सर्वप्रथम गोलको ज्ञान आवश्यक हुन्छ । गोलबाट भगोल र भूगोलको आँकलन गर्न सकिन्छ । यसैले शास्त्रमा सर्वप्रथम गोल ज्ञानको आवश्यकतालाई दर्शाइएको छ :
‘ज्योतिःशास्त्रफलं पुराणगणकैरादेश इत्युच्यते । नूनं लग्नबलाश्रितः पुनरयं तत् स्पष्टखेटाश्रयम् ।
ते गोलाश्रयिणोद्रन्तरेण गणितं गोलोद्रपि न ज्ञायते तस्माद्यो गणितं न वेत्ति स कथं गोलादिकं ज्ञास्यति ।।’ (सिद्धान्तशिरोमणि, गोलाध्यायः ) चिना हेर्ने व्यक्ति सर्वप्रथम गोल जानेको हुनुपर्दछ । यसै दगरी चिना हेर्ने ज्योतिषी गोलमा सिद्ध गणित गर्नसक्ने हुनुपर्दछ :
‘द्विविधगणितमुक्तं व्यक्तमव्यक्तयुक्तं तदवगमननिष्ठः शब्दशास्त्रे पटिष्ठः।
यदि भवति तदेदं ज्यातिषं भूरिभेदं प्रपठितुमधिकारी सोन्यथा नामधारी ।।’ (सिद्धान्तशिरोमणि, गोलाध्यायः)
मूलतः ज्योतिष गणित र फलति दुवै पक्ष मानवीय नियन्त्रणमा रहनुपर्द भन्ने आशयशास्त्रमा उललेख पाइन्छ । यसैले एआईलाई मानवको सहयोगीका रूपमा मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ । यसरी गोलका विषयवस्तु एआईलाई पढाइएका छैनन् । गोलभन्दा पनि पाश्चात्य गणनाको आधारमा संरचित क्यालेन्डरमा तोडमोड गरी वैदिक वा सूर्य सिद्धान्तीय भनी अन्यथा प्रणली विकास भएको पाइन्छ । ज्योतिषका तीन भाग वा स्कन्ध प्रसिद्ध छन्, सिद्धान्त, संहिता र होरा । यी तीनै पक्षको ज्ञानले मात्र फलदेश गर्न व्यक्ति सक्षम हुन्छन् :
‘स्कन्धत्रयात्मकं शास्त्रमाद्यं सिद्धान्तसंज्ञकम् । द्वितीयं जातकं स्कन्धं तृतीयं संहिताहृवयम् ।
त्रिस्कन्धज्ञो दर्शनीयः श्रौतस्मार्तक्रियापरः ।
निन्दर्भिकः सत्यवादी दैवज्ञो दैववित्स्थिरः ।।’ (नारदपुराणमत, बृहद्दैवज्ञसंञ्जनम्, २।१,२)
आजको एआई यीमध्यै कुनै एक पक्षमा पनि सक्षम पाइएको छैन । श्रौतस्मार्त क्रियापरक हुने त कुर नै भएन । सत्यवादी दैवज्ञ र स्थिर, जितेन्द्रिय हुन असम्भव छ । मूलतः मानवेत फललादेशकर्ता हुन नसक्ने, मानवमा आत्मीय भावना हुन्छ, आत्मपक्ष हुन्छ तर मानवेतमा त्यो तत्व रहँदैन । यसैले पनि एआईले फलादेशकर्ता दर्जा पाउनसक्ने स्थिति रहँदैन । शुद्धात्माको परिकल्पना शास्त्रमा यसरी गरिएको छ :
‘शान्तो विनीतः शुद्धात्मा देवब्राहृमणपूजकः । विमुखः परनिन्दासु वेदपाठी जितेन्द्रियः ।
देवताराधनासक्तः स्वरशास्त्रविशारदः । सिद्धान्तसंहितावेत्ता जातके च कृतश्रमः ।।
प्रश्नज्ञः सकुनज्ञश्च प्रशस्तो गणकः स्मृतः । प्रमाणं वचनं तस्य भवत्येव न संशयः ।।’ (अत्रि मुनिको मत, पूर्ववत्, श्लो.३-५) यहाँ पनि मानवीय पक्षलाई नै जोड दिइएको छ । शास्त्रको प्रमाणका आधारमा मात्र फलदादेश गर्नुपर्दछ भनिएको छ ।
‘प्रायश्चित्तं चिकित्सां च ज्योतिषं धर्मनिर्णयम् ।
विना शास्त्रेण यो व्रूयात्तमाहुब्र्रहृमघातकम् ।।’ (नारदपुराण)
‘ज्योतिषं गारुडं चैव धर्मशास्त्रं चिकित्सितम् ।
विना शास्त्रेण यो ब्रूयात्तमाहुब्र्रहृमघातकम् ।।’ (बृहद्दैवज्ञरञ्जनम्, २।)
शास्त्र प्रमाणका सन्दर्भमा पनि एआई सक्षम भएको पाइएको छैन । चिना हेर्ने व्यक्ति योग्य ज्योतिषशास्त्रमा पोख्त गणित एवं फलति दुवै शास्त्रज्ञान भएको हुनुपर्दछ भनेर बताइएको छ ।
‘अविदित्वैव यः शास्त्रं दैवज्ञत्वं प्रपद्यते ।
स पङ्तिदूषतकः पापो ज्ञेयो नक्षत्र सूचकः ।।’ (सुलभज्योतिषम्)
जसले शास्त्रको ज्ञान नगरी फलदोश गर्दछन् ती पापी, पङ्तिदूषक र नक्षत्र सूची हुन् भनी बताइएको छ । यसरी हेर्दा फलादेश गर्नका निम्ति ज्योतिषका सिद्धान्त, संहिता र होरा तीनै विषयवस्तुमा निपूण रहनुपर्दछ । यसैगरी चिना हेराउने व्यक्ति पनि आस्था र विश्वासयुक्त हुनुपर्दछ । आत्मिक पक्षको साधक हुनुपर्दछ । हेराउने पनि ज्योतिषीलाई परीक्षण गर्ने, विश्वास नगर्ने नास्तिक हुनुहुँदैन । ज्योतिष शास्त्रप्रति विश्वास नरहने व्यक्तिको चिना नहेर्नू भनी बताइएको छ ।
मूलतः ज्योतिष अध्यात्मसम्बद्ध विषय हो । भौतिक साधन हुन् भने अध्यात्म साध्य हो । भौतिक वस्तुभन्दा पनि आध्यात्मिक तत्वको प्राप्ति ज्योतिषको पनि मूल लक्ष्य हो । यसैले ज्योतिषले अध्यात्म पक्षको साधानालाई सहयोग गर्दछ । भौतिकका साथै आध्यात्मिक दुवै पक्षको परिगणना ज्योतिषमा छन् । आजको एआइले ज्योतिको भौतिक पक्षलाई केही समाउने यत्न गरेको पाइन्छ । कतिपयले त यसैलाई ज्योतिषी मानेर फलादेश गर्न लगाउने गरेको पनि पाइन्छ । कुनै न कुनै उत्तर दिएको नै हुन्छ ।
शास्त्रीय प्रमाण भनेर केही श्लोक पनि उल्लेख गरेको हुन्छ एआईले तर ती श्लोकका मूल स्रोत उक्त ग्रन्थमा पाइएका छैनन् । एकाध केही मिले पनि शास्त्रका श्लोकको वास्तविक अङ्कन हालसम्मका एआएले गर्न सकेका छैनन् । दिएका श्लोक र श्लोकको सन्दर्भ ठीक छैन । यसैले एआईको ज्योतिषीय गणना र फलादेश आजको परिप्रेक्षमा विश्वसनीय देखिँदैनन् । गणना गर्ने पद्धति दिन सक्षम भए पनि फलादेश मानवीय साधना र प्रयोगको विषय हो । सहायक सन्दर्भका रूपमा लिन सकिए पनि सबै एआईको भर पर्नु हुँने स्थिति छैन । यसैले आज एआईका भरमा पञ्चाङ्ग गणना र फलादेश गराउनु युक्तिसङ्गत देखिँदैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच