धादिङ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि गत आईतवार १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको छ । यसैगरी संघीय सरकारले धादिङ जिल्लालाई चार अर्व ८२ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
दुई नगरपालिका र ११ गाउँपालिका रहेको धादिङलाई सरकारले आगामी अर्थिक वर्ष २०८२/८३ का लागि अनुदान स्वरुप विकासका योजनाहरु संचालन गर्न सो रकम उपलब्ध गराउने भएको हो ।
जसमा संघीय सरकारले नीलकण्ठ नगरपालिकालाई सबैभन्दा बढी ७० करोड ७८ लाख उपलब्ध गराउने भएको छ भने सबैभन्दा कम रुवीभ्याली गाउँपालिकालाई १८ करोड ४८ लाख रुपैयाँ उपलब्ध गराउने अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
यस्तै बेनिघाट रोराङ गाउँपालिकालाई ४५ करोड ९९ लाख, थाक्रे गाउँपालिकालाई ४१ करोड ९६ लाख, धुनीबेसी नगरपालिकालाई ३९ करोड ८२ लाख, त्रिपुरासुन्दरी गाउँपालिकालाई ३९ करोड ४२ लाख, गंगाजमुना गाउँपालिकालाई ३६ करोड ९७ लाख, गल्छी गाउँपालिकालाई ३६ करोड ३६ लाख विनियोजन गरेको बजेटमा उल्लेख गरिएको छ ।
यसैगरी ज्वालामुखी गाउँपालिकालाई ३६ करोड १५ लाख, सिद्धलेक गाउँपालिकालाई ३५ करोड ५७ लाख, गजुरी गाउँपालिकालाई ३४ करोड ८ लाख, नेत्रावती डबजोङ गाउँपालिकालाई २४ करोड ८१ लाख र खनियाबास गाउँपालिकालाई २२ करोड ४९ लाख विनियोजन गरेको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
बजेटमा चालूतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड अर्थात् ६० दशमलव १ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ७ अर्ब ८९ करोड अर्थात् २० दशमलव ८ प्रतिशत र वित्तीय व्यवस्थापमा ३ खर्ब ७५ अर्ब २४ करोड अर्थात् १९ दशमलव १ प्रतिशत विनियोजन भएको छ । चालु खर्च, पूँजिगत खर्च र अनुदानका कार्यक्रमहरु संचालन गर्नका लागि जनसंख्याको आधारमा स्थानिय सरकारलाई रकम उपलब्ध गराउँदै आएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि