
काठमाडौं । एशिया मोडल फेष्टिभल फेस अफ नेपाल २०२५ का लागि फर्म खुला गरिएको छ । आयोजक एमएस प्रोडक्सन नेपालले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फर्म खुला भएको जानकारी गराएको हो । प्रतियोगीले अनलाइनमार्फत फर्म भर्न सक्नेछन् ।
यसपटकका लागि आयोजकले प्रतियोगीहरूको मापदण्डमा केही परिवर्तन गरेको छ । प्रतियोगीहरू पुरुष र महिला दुवैका लागि यस पटकबाट उचाइमा कुनै पनि मापदण्ड राखिएको छैन । गत वर्ष उचाइमा मापदण्ड थियो भने अब जुनसुकै उचाइका पुरुष र महिलाले सहभागिता जनाउन सक्नेछन् ।
फेस अफ नेपालकी नेशनल डिरेक्टर मेनुका माझीले उचाइका कारणले नै सहभागिता जनाउन चाहनेहरू पछि पर्नु नपरोस् भनेर यसवर्षबाट उचाइको मापदण्ड हटाइएको जानकारी दिनुभयो ।
उहाँले उमेरमा भने १८ वर्ष पूरा भएको र ३० वर्षभन्दा भित्रको रहनुपर्ने मापदण्ड यथावत् रहेको जानकारी गराउनुभयो । यसपटकबाट कोरियोग्राफरको रूपमा दिक्पाल कार्की भित्रिनुभएको छ । पत्रकार सम्मेलनमा फेस अफ नेपाल २०२४ का विजेताहरू हिमाञ्चल राज केसी र टिना परियार उपस्थित हुनुहुन्थ्यो । उहाँहरूले २०२४ को विजेता भइसके पछाडि आफूहरूमा आएको परिवर्तन बारे पनि सुनाउनुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच