
‘अनायका विनश्यन्ति नश्यन्ति बहुनायका’ मुख्य नेता नभएका नष्ट हुन्छन् भने धेरै नेता भएका पनि नष्ट हुन्छन् । यही हो यो प्राच्य अभिव्यक्तिको सामान्य अर्थ । यही अर्थमा निहीत छ आजको नेपालको राजनीति पनि । राजनीतिमा सामान्यतया एउटामात्र नेतृत्वका माध्यमबाट पार्टी वा आन्दोलन परिचालित भयो भने सफल हुन्छ । कुनै पार्टी वा आन्दोलनमा धेरै नेता भए भने पार्टी र आन्दोलनले निष्कर्ष पाउँदैन । यही भएको छ नेपालमा ज्ञानेन्द्रको सपना र सपनाको महल पनि । जनताको अभिमतबाट बनेको संविधानलाई लत्याउँदै राजतन्त्रको पुनस्र्थापनाका लागि आजकल निरन्तर आन्दोलन चलिरहेको छ ।
आन्दोलनका नायक पञ्चायतकालीन राष्ट्रिय पञ्चायतका तत्कालीन अध्यक्ष हुन् नवराज सुवेदी । उनी अहिले ८६ वर्ष पुगेका व्यक्ति हुन् । उनको नेतृत्वमा राजावादीहरूको आन्दोलन चलिरहेको छ । उनको नेतृत्वमा चलेको आन्दोलन बहुनायकको अवस्थाका कारण एकमतमा जान नसकेको देखिएको छ । उनी आन्दोलनका नायक त बने तर नायकत्वको कमजोरीका कारण उनी अब एक्लो पर्ने अवस्थामा रहेको पाइयो । उनी ज्ञानेन्द्र शाहबाट नै नायक तोकिएका हुन् वा होइनन् । ज्ञानेन्द्र शाहबाट तोकिएको व्यक्तिको अभिव्यक्तिलाई आन्दोलनकारीले अस्वीकार किन गरे । यो प्रश्नको उत्तर उनीहरूसित पनि छैन ।
एकता हुन नसक्नु
ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाललाई नेपालका राजनीतिक दलले अनुभव गरेका हुन् । उनको शासनकाल थोरै समयको रहेको थियो । देशमा रहेका नेपाली सञ्चारमाध्यम र नेपालीको स्वतन्त्रता उनले हनन गरेका थिए । उनलाई तत्कालीन समयमा देशको चिन्ता थिएन । उनलाई प्रत्यक्ष राजा हुने भूतले सताएको थियो । केही हदसम्म सफल पनि भए । उनले शासन छोडेको बीस वर्ष पुग्दा नपुग्दै पुनः राजा हुने अभिलाषाले उनलाई सतायो र देशको अवस्थाको दुहाई दिँदै मलाई सहयोग गर्नुहोस् भन्दै आन्दोलनबाट नै गणतन्त्रलाई विस्थापित गरेर आफू आउने मनसायले आफ्नालाई सड्कमा उतारेका छन् ।
गणतन्त्रको आगमनसँगै संवैधानिक राजतन्त्र देशका लागि आवश्यक छ भन्ने रटान लगाएको राष्ट्रिय प्रजातन्त्र पार्टी आज आन्दोलनको सहकर्मी बनेको छ तर आन्दोलनको नेतृत्व उसले गर्न सकेको देखिएन किन होला ? नेपालको राजनीतिमा युग समाप्त भएका र प्रायः ओझेलमा परेका व्यक्तिलाई आन्दोलनको नायकका रूपमा ल्याए ।
गणतन्त्रको आगमनसँगै संवैधानिक राजतन्त्र देशका लागि आवश्यक छ भन्ने रटान लगाएको राष्ट्रिय प्रजातन्त्र पार्टी आज आन्दोलनको सहकर्मी बनेको छ तर आन्दोलनको नेतृत्व उसले गर्न सकेको देखिएन किन होला ? नेपालको राजनीतिमा युग समाप्त भएका र प्रायः ओझेलमा परेका व्यक्तिलाई आन्दोलनको नायकका रूपमा ल्याए । तीनकुनेमा भएको बबण्डरका नायक गणतन्त्र र गणतन्त्रवादी नेताका विरुद्ध विष बमन गर्ने दुर्गा प्रसाईंलाई बनाइयो । अहिले त्यस आन्दोलनलाई जनआन्दोलनको संज्ञा दिइएको छ ।
जनआन्दोलन देशको स्वतन्त्रता र नागरिक हकका लागि गरिने आन्दोलन हो । गणतन्त्रका विरुद्ध गरिने आन्दोलनलाई कसरी जनआन्दोलन भनियो त्यो उनीहरूले नै जानुन् । यही जेठ २१ गते बसेको जनआन्दोलन समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष उपस्थित भएनन् । कमल थापा बोल्न लाग्दा उनलाई बोल्न दिइएन । होहल्लाबीच उनले बोल्न पनि चाहेनन् । यही हो त जनआन्दोलन ।
नायकको अभाव र नायकले निर्वाह गर्ने भूमिकामा बसेका नवराज सुवेदी आफैं एक्लो परेका छन् । ज्ञानेन्द्र शाह राजा बनिहाल्छन् र हामी हालीमुहाली गरौंला भनेर ¥याल काड्नेहरू खिस्रिक्क बनेका छन् । अबको रणनीति आन्दोलन जिल्लाजिल्लामा पु¥याउने उद्देश्य उनीहरूको देखिन्छ । कति सफल हुन्छन् कति असफल त्यो हेर्न नै बाँकी छ । राजनीतिमा सफलताको रोटी धेरैले सेक्ने गर्दछन् । राजनीति असफल भयो भने नायक नै त्यसको अपजस लिने गर्दछ । यही हो राजनीतिको पहिचान पनि ।
पञ्चातकालमा ढाडिएका र पञ्चायतको सबलताका लागि लागिपरेका व्यक्ति नै नायक हुनुले यो आन्दोलनले निष्कर्ष नपाउने अवस्था आएको देखिन्छ । गणतन्त्रका विरुद्ध गरिएको सडक सङ्घर्षलाई जनआन्दोलनका रूपमा स्वीकार गर्नुलाई पक्कै पनि मनले मान्दैन । सबै किसिमका तानाशाही शासनको अन्त्य गणतन्त्र हो । यसका विरुद्ध आएको आन्दोलनलाई कसरी जनआन्दोलन भनियो यो नै गज्जबको चुरो कुरा हो । आन्दोलन केही पाउनका लागि गरिएको हुन्छ । कर्मचारीदेखि लिएर नेपाललाई माया गर्ने व्यक्ति यो तन्त्रबाट असन्तुष्ट छन् होला ? तर गणतन्त्रका विरुद्ध गरिने आन्दोलनमा उनीहरूको पूर्ण सहभागिता हुन सकेको देखिएन ।
यो कसरी जनआन्दोलन ? राजावादी आफैंमा एकमतमा देखिएनन् । उनीहरूको आन्दोलनमा सहभागी भएका व्यक्ति पनि नारा घन्काउनेमा मात्र सिमित देखिए । उनीहरूको सपनाका महाराज ज्ञानेन्द्र आफूलाई राजा मानिरहेका छन् । आफैं दरबार छोडेर गएका उनलाई पुनः राजा बन्ने अभिलाषाले सताउन थालेको देखियो । उनको यो सपना पूरा हुने अवस्था भने नेपालका सन्दर्भमा देखिँदैन । राजावादीहरू एकताको सूत्रमा बाँधिन नसक्नु नै यो आन्दोलनको कमजोर कडी हो ।
कमल थापा अवसरवादी नेता हुन् । उनले आफूबाहेक कसैको नेतृत्वलाई स्वीकार गर्न सक्दैनन् तर अरूको नेतृत्वमा भएको आन्दोलनमा सहभागी भएका छन् । राजतन्त्र फर्काउन चाहने युवाहरू शान्तिपूर्ण आन्दोलनको पक्षमा देखिएका छैनन् । सरकारले जहाँ जा भन्यो त्यहीँ आन्दोलन गर्ने हो भने कसरी राजतन्त्र फर्कन्छ भन्ने दृष्टिकोण उनीहरूको देखिएको छ । नेपालका ठूला राजनीतिक दल शायद राजतन्त्रलाई पुनः नेपालमा ठाउँ दिने पक्षमा देखिएका छैनन् ।
त्यसैले एकता हुन नसकेर विखण्डनको सँघारमा राजवादी आन्दोलन पुगेको देखिन्छ । यो एक प्रकारको आन्दोलन हो । यसलाई जनआन्दोलनका रूपमा स्वीकार गर्न सकिँदैन । नेपालीको हकका लागि र जनताको स्वतन्त्रताका लागि यो आन्दोलन होइन । एउटा नागरिक भएको व्यक्तिलाई पुनः महाराजधिराज बनाउने उद्देश्यले गरिएको आन्दोलनलाई कसरी जनआन्दोलनको संज्ञा दिनु ?
राजनीतिक नेतामा सुधार आवश्यक
राजनीति समाजको सेवा हो तर त्यही समाजसेवा गरेर कमाएको सम्पत्ति कसरी अकूत हुन्छ । समाजसेवामा आफ्नो खर्च गरिन्छ । समाजसेवा त मानिसका लागि गरिने पवित्र भावना हो । त्यो पवित्रतामा कमाइ कसरी हुन्छ ? यही प्रश्न आजका नेपालीले सोधेका छन् राजनीतिक दलका नेता र तिनका आसेपासेलाई । यही प्रश्न आजको नेपालीले सोधेको छ । राजनीति कहिले पनि बदलाको भावनाबाट चल्नु हुँदैन । यदि राजनीतिमा बदलाको भावना विकसित भयो भने त्यसले कसैको पनि हित गर्दैन । प्रजातन्त्रको आगमन २०४६ पछि नेपाली नेताहरूमा एक्कासि आर्थिक सम्पन्नता देखियो । यो सम्पन्नता राजनीतिबाट गरिने समाजसेवाबाट प्राप्त भएको भने होइन ।
गणतन्त्रका लागि बलिदान दिएका शहीदको रगतको मूल्यसित खेल्ने प्रयास नगर । नेपालको राजनीतिमा फेरि तानाशाहीको खोज गर्न थालियो । गणतन्त्रले फालेको राजतन्त्रलाई पुनः गणतन्त्रका विरुद्ध ल्याउन खोज्नुलाई व्यवस्थाप्रतिको विद्रोह भनेर परिभाषित गर्न नखोज । यो नेताहरूले अपनाएको जीवनशैली र आमनेपालीले भोग्नुपरेको दुःखको फल हुनसक्छ ।
नेपाली जनताले गणतन्त्रमा विश्वास गरेका हुन् र छन् पनि तर नेपाली राजनीतिको अवस्था र नेताहरूको जीवनशैली सुधारिन आवश्यक छ । आफू र आफन्तबाहेकका कुरा नसुन्ने प्रवृत्तिको अन्त्य हुनु आवश्यक छ । कुनै पनि राजनीतिक दलका भातृसंगठनको नृेतृत्व महाधिवेशनबाट नै परिवर्तन हुनुपर्दछ । नेतृत्वमा रहेको व्यक्तिका लागि प्रत्येक कार्यकर्ता आफ्नै हो भन्ने भावनाको विकास हुनुपर्दछ ।
आफ्नो स्वार्थ सिद्ध भएपछि कार्यकर्तालाई दूधको माखा जस्तै धपाउने काम नगर्नुहोला ? गणतन्त्रले पनि नेताहरूको जीवनशैलीमा परिवर्तन ल्याएको छ । उनीहरूको जीवनशैली विलासी बनेको छ । सामाजिक सञ्जालमा आउने उनीहरूका अभिव्यक्ति विवादित हुने गरेका छन् । सत्ताका लागि जस्तो मूल्य चुकाउन पनि तयार रहनु नेपाली नेताको कमजोर कडी बनेर आएको देखिन्छ ।
गणतन्त्रका लागि बलिदान दिएका शहीदको रगतको मूल्यसित खेल्ने प्रयास नगर । नेपालको राजनीतिमा फेरि तानाशाहीको खोज गर्न थालियो । गणतन्त्रले फालेको राजतन्त्रलाई पुनः गणतन्त्रका विरुद्ध ल्याउन खोज्नुलाई व्यवस्थाप्रतिको विद्रोह भनेर परिभाषित गर्न नखोज । यो नेताहरूले अपनाएको जीवनशैली र आमनेपालीले भोग्नुपरेको दुःखको फल हुनसक्छ । गणतन्त्र जोगाउने जिम्मा नेपालीको होइन । यो राजनीति गर्ने राजनीतिकर्मीले गर्ने राजनीतिको भरमा निर्भर रहन्छ । भ्रष्टाचार निमूर्ल गर । राजनीतिलाई सेवाको भावनाले हेर र गर । आमनेपालीका सामान्य कामलाई अल्झोमा नपार ।
देशको विकास र नेपालीको प्रगतिलाई नै आधार बनाएर राजनीतिमा सक्रिय बन । नेपाली विद्यार्थी र गरीब नेपालीलाई विदेशी भूमिमा अलपत्र पार्ने अवस्थामा नछोड । नेपाल र नेपालीको हितलाई राजनीतिको मूल मन्त्र बनाऊ । तिमीले भाषण गर्दैैमा राजावादीहरू निष्क्रिय हुने होइनन् । उनीहरू तिमीले गरेका कमजोरीलाई ढाल बनाएर गणतन्त्रका विरुद्ध विष बमन गरिरहेका छन् । सचेत बनेर देशलाई गति दिने आधार प्रस्तुत गर । गाउँपालिकादेखि मौलाएको भ्रष्टाचारलाई समाप्त गर्ने प्रतिबद्धता जनतासित गर ।
राजनीतिमा विकल्प नहुने होइन । राजनीतिले सदा विकल्पको खोजी गरिरहेको हुन्छ । तर नेपालको राजनीतिमा गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन । गणतन्त्रको सम्हार र स्याहार गर्ने जिम्मा नेपालीले नेपालका राजनीतिक दललाई दिएका छन् । यो जोगाउने जिम्मा राजनीतिक दलका ठुला र आफूलाई सर्वोच्च ठान्ने व्यक्तिको हो । नेताहरूमा सुधार आएन भने गणतन्त्रको विकल्प राजतन्त्र पनि नहुन सक्ने भने होइन । सचेत बन । आफूलाई र खान पल्केका आफ्नालाई सुधारको बाटोमा लैजान प्रयास गर । गणतन्त्र सदा नेपाली राजनीतिमा बलिरहनेछ, चम्किरहनेछ र मौलाइरहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच