जुम्ला । जुम्लाको तिला गाउँपालिका–८ स्थित जुम्लाकोट गाउँका अपाङ्गता भएका बृष बस्नेतको घर परिवारलाई गाउँपालिकाले राहत सामग्री प्रदान गरेको छ ।
तिला गाउँपालिका उपाध्यक्ष गोरीकला बुढासहितको टाेलीले राहत सामग्री बोकेर बस्नेतको घरमै पुगेर २१ हजार बराबरको खाद्यन्न र लत्ताकपडा प्रदान गरिएको गाउँपालिका जिन्सी शाखाका प्रमुख मुनबहादुर रावतले जानकारी दिनुभयो ।
अपाङ्गता पीडित बस्नेतका दुई छोरा समेत शारीरिक अपाङ्गताले घरखर्च चलाउन निकै कठिन भएको छ । बस्नेतलाई तत्कालिन राहतको लागि दुई बोरा चामल, १ पेटी तेल, खाना पकाउने भाँडा र लत्ताकपडा सहित बस्नेतको घरमा पुगेर राहत वितरण गरेको गाउँपालिका उपाध्यक्ष गोरीकला बस्नेतले जानकारी दिनुभयो ।
अपाङ्गता पीडित बस्नेतको घर पुनःनिर्माणका लागि आउने वर्षको बजेटबाट रकम विनियोजन गरिने वडाध्यक्ष आसे बस्नेतले बताउनुभयो । विभिन्न निकायमा कार्यरत ७० जनाबाट करिब १ लाख ३०५ रुपैयाँ पीडित बृष बस्नेतको लागि आर्थिक सहयोग संकलन भएको छ । उहाँको लागि सहयोग संकलनको कामसमेत भईरहेको वडाध्यक्ष आसे बस्नेतको भनाइ छ । उक्त नगद रकम घरमै पुगेर वडाध्यक्ष आसे बस्नेतको हातबाट बिहीबार हस्तान्तरण गरिएको थियो ।
औषधी उपचारमा लागेको २५ हजार रकम अपाङ्गता भएका व्यक्ति बृष बस्नेतलाई प्रदान गरिएको आई.एन.एफ.नेपाल जुम्लाका समावेशी स्वास्थ्य परियोजनाका संयोजक रामबुढा मगरले बताउनुभयो । यो भन्दा पहिलो आई.एन.एफ.जुम्लाको समावेशी स्वास्थ्य परियोजनाबाट १ लाख ८१ हजारको लागतमा शैचालय निर्माण गरिएको आई.एन.एफ.नेपाल,उपशाखा तिलाले जनाएको छ ।
५२ वर्षीय बृष बस्नेत आफु सहित दुईवटा छोरा समेत अपांगताका कारण उनको घर खर्च चलाउन निकै गाह्रो भएको छ । आर्थिक सहयोगदेखि अन्य सहयोग गर्न चाहिने संघसंस्था र सहयोगी मनहरुलाई बृषको घर परिवारले हार्दिक अपिल गरेकाछन् ।







च्याम्पियन्स लिग : एमबाप्पे र
तेक्वान्दोको निर्णायक मण्डलमा छनोट हुनुभएका
एभरेष्ट भ्यु ट्रेल रेसलाई अन्तर्राष्ट्रिय
माफ बास्केटबलमा ४४ टोली
बालोन डी’ओर मनोनयन सार्वजनिक
डब्लुटिटी युथ कन्टेन्डरमा प्रतिस्पर्धा गर्न