
रुपन्देही । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा केन्द्रदेखि तलसम्म सत्ताको दोहोन गर्नेहरुको पल्टन नै तयार भएको बताउनु भएकाे छ । अर्थशास्त्री मनिकर कार्कीको ‘अर्थदृष्टि’ पुस्तकको बुटवल विमर्श कार्यक्रममा वक्ताका रुपमा बोल्दै भुसालले सत्ताको दोहन गर्नेहरु राजनीतिक कार्यकर्ताहरुको पल्टन बनेको बताउनु भएको हो ।
‘१५ देखि २० लाख वा थोर धैरै हुनसक्छ, कार्यकर्ताहरुको हैसियत र पद अनुसार लाभ लिने काम भइरहेको छ’ उहाँले भन्नुभयो । उहाँले नेपालको अर्थतन्त्र दलाल पूँजीबाद रहेकाले यसले रोजगारी र सुशासन ल्याउन नसकेको बताउनु भयो ।
‘राजेगारी सृजना गर्ने पूँजी राष्ट्रिय पूँजी हो, रोजगारी सृजना नगर्ने तर नाफा कमाईराख्ने दलाल पूँजी हो, यसलाई फेर्नुपर्छ’ उहाँले भन्नुभयों ।
महासचिव भुसालले नेपालको अर्थतन्त्रको माथिदेखि तलसम्मको चरित्र दलाल पूँजीको रहेकाले यसलाई फेर्न निकै कठिन रहेको बताउनु भयो । उहाँले नेपाली अर्थतन्त्रको चरित्र नफेरेसम्म मुलुकको विकास र प्रगती नहुने बताउनु भयो ।
दलाल पूँजीवाद अर्थतन्त्र फेर्नपर्छ, फेर्न सजिलो छैन, किनभने यसले संसद किन्छ, पार्टी किन्छ, नेता किन्छ, अदालत किन्छ, पार्टी पनि किन्छ, न्यायधिशलाई किन्छ उहाँले भन्नुभयो -‘विहानै किन्छ, दिउँसै किन्छ, कसैलाई बाँकी राख्दैन, पुलिस प्रशासन सबै त्यसैका हुन्छन ।’ भुसालले यस्तो प्रवृत्तिसँग लड्ने पार्टीभित्र र बौद्धिक क्षेत्रले मात्रै सम्भव हुने बताउनु भयो । उहाँले नेपालको विकास नहुनुको पछाडि बौद्धि क्षेत्रको भूमिका पनि कारक रहेको बताउनु भयो । बौद्धिक क्षेत्रले मात्रै आलोचनात्मक हिसाबले दल र नेताहरुलाई सुधार गर्न सक्ने भुसालले बताउनु भयो ।
बुटवललाई कर्मथलो बनाएका मनिकर कार्कीले अर्थदृष्टि पुस्तकबाट नेपालको अल्पविकासको ऐठनलाई प्रस्तुत गरेको बताउनु भयो । उहाँले नेपाल पृथ्वीनारायण शाहको पालाको करवि सय बर्ष एकिकरण र युद्ध, राणकालको सय बर्ष बढि राणहरुको मोजमस्तीमा राज्यश्रोत खर्च हुँदा पनि विकास हुन नसकेको बताउनु भयो । उहाँले बुटवललाई फेरी बौद्धिक व्यक्तिहरुको थलोका रुपमा अर्थदृष्टि पुस्तकको विमर्शले उठाउने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले विकासको मोडेल, इतिहासको चरणदेखि नेपाल अल्पविकासमा हुनुको ऐठनलाई पाठकहरुलाई सँगसँगै डोर्याउने काम पुस्तकले गरेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच