धादिङ । धादिङको गजुरी गाउँपालिका–५, गलौदीमा माइक्रो बस दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।
दुर्घटनामा घाइते हुनेहरूमा तनहुँको बन्दीपुर गाउँपालिका–४ की ४६ वर्षीया सुकमाया परियार, तनहुँको आबुखैरेनी गाउँपालिका–१ की १८ वर्षीया मन्जु परियार, माइक्रोका सहचालक तनहुँकै भानु नगरपालिका–८ का २५ वर्षीय कृष्ण परियार रहेका छन् ।
त्यस्तै, गोरखाको पालुङटार नगरपालिका–५ का १७ वर्षीय सक्षम राजभाट र लमजुङको राइनस गाउँपालिका–६ की ७० वर्षीया हरिमाया परियार घाइते भएका छन् ।
आज काठमाडौंबाट गोरखातर्फ जाँदै गरेको बा ३ ख १६३० नम्बरको माइक्रो बस अनियन्त्रित भई नालीमा खसेको प्रहरीले जनाएको छ ।
घाइतेहरूको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम