काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वखेलाडी ललितसिंह भण्डारीले सन्न्यास लिनुभएको छ । उहाँले आइतबार सामाजिक सञ्जालमार्फत् सन्न्यास घोषणा गर्नुभएको हो । ‘धेरै सोचविचार र आत्ममन्थनपछि मैले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने निर्णय गरेको छु,’ उहाँले लेख्नुभएको छ ।
२८ वर्षीय बलर ललितले सन् २०१८ मा नेदरल्याण्ड्सविरुद्धको एकदिवसीय खेलमार्फत् नेपाली राष्ट्रिय टोेलीमा डेब्यु गर्नुभएको थियो । डेब्यु खेलमै उहाँले दुई विकेट लिनुभएको थियो । तर, २०७७ भदौ २७ गते भएको सडक दुर्घटनापश्चात् उहाँले टोलीमा पुनरागमन गर्न सक्नुभएन ।
धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से१ख १३२४ नम्बरको ट्रकले भण्डारी सवार म२प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियोे । दुर्घटनामा भण्डारीसहित मोटरसाइकलमा सवार करण ठगुन्ना घाइते हुनुभएको थियो । त्यसयता उहाँ घरेलु प्रतियोगितामात्र खेलिरहनुभएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच