काठमाडौं । मधेस प्रदेशका आदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले यू-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्सको एक सय मिटर दौडमा आइतबार स्वर्ण जित्नुभएको छ । आदित्य छात्र तथा गौरी छात्रामा पहिलो हुनुभएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आदित्यले निर्धारित दूरी ११.६ सेकेण्डमा पूरा गर्नुभयो । कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरीयाले कांस्य जित्नुभयो ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा भइरहेको प्रतियोगितामा गौरीले निर्धारित दूरी तय गर्न १४.६ सेकेण्ड समय खर्चिनुभयो । कर्णालीकी गोमा शाहीले रजत तथा कोशीकी प्रकृति काफ्लेले कांस्य हात पार्नुभयो ।
छात्र चार सय मिटर दौडमा गण्डकी प्रदेशका आयन राना पहिलो हुनुभयो । उहाँले ५५.६ सेकेण्डमा दौड पूरा गर्नुभयो । सुदूरपश्चिमका रोहित धामी दोस्रो तथा कोशीका प्रियान्शु शाह तेस्रो हुनुभयो । सोही स्पर्धाको छात्रामा कर्णालीकी सुष्मा बुढा ६९.३ सेकेण्ड समयसाथ शीर्ष स्थानमा रहनुभयो । गण्डकीकी आराध्या चालिसे दोस्रो तथा बागमती प्रदेशीकी शिल्भी नागा तेस्रो बन्नुभयो ।
छात्र लङजम्पमा कर्णालीका सुरेन्द्र सुनार पहिलो हुनुभयो । उहाँले ५.९८ मिटर जम्प गर्नुभयो । कोशीका नितेश गच्छदार दोस्रो तथा सुदूरपश्चिमका मोहन परियार तेस्रो हुनुभयो । उक्त स्पर्धाको छात्रामा ४.१७ मिटर जम्प गर्नुभएकी लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो बन्नुभयो । कर्णालीकी करुणा चन्द दोस्रो तथा कोशीकी प्रकृति काफ्ले तेस्रो हुनुभयो ।
जम्मा १२ स्पर्धा समावेश एथलेटिक्सको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा कर्णालीले दुई स्वर्ण जितेको छ । सुदूरपश्चिम, गण्डकी, मधेस र लुम्बिनीले समान एक–एक स्वर्ण जितेका छन् ।







निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…