
झापा । चलचित्र ‘परिवर्तन’को छायांकन सुरु गरिएको छ । शनिबार झापाको चारआलीस्थित पाथीभरा मन्दिरमा विशेष पूजा-अर्चनासहित यो चलचित्रको छायांकन आरम्भ गरिएको हो । विजय केरुङ निर्देशक रहेको चलचित्रमा अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको मुख्य भूमिका हुनुहुन्छ । करिब ४० दिनसम्म पूर्वी नेपालका विभिन्न स्थान झापा, विराटनगर र इलाममा फिल्मको छायांकन हुनेछ ।
दीपक सिवाकोटी निर्माता रहेको यो चलचित्र दिब्यासी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण हुनलागेको हो । नेपालको सिमाना सुरक्षाको संवेदनशीलता, भ्रष्टाचारको जालो र गरिब, दुःखी, असहाय जनताको पीडादायी यथार्थलाई चलचित्रले उजागर गर्ने निर्माणपक्षले जनाएको छ ।
चलचित्रमा सुशील र अञ्जनासहित सुनिल थापा, बुद्धि तामाङ, करिश्मा मानन्धर, आशा पौडेल, सुवास मेचे, पुकार भट्टराई, आएशा कार्की, गौतम तिवारी, यमनाथ खरेललगायत कलाकारको अभिनय रहनेछ । पटकथा तथा संवाद शिवम् अधिकारीको रहेको चलचित्रमा छायांकन शिव ढकाल, सम्पादन भूपेन्द्र अधिकारी, द्वन्द्व श्रीश्रेष्ठ र नृत्य कमल राईको रहेनछ ।
‘परिवर्तन’ शीर्षकमा यसअघि पनि विसं २०२८ सालमा चलचित्र निर्माण भएको थियो, जसको निर्देशन हीरा सिंह खत्रीले गर्नुभएको थियो । अब झन्डै पाँच दशकपछि पुनः यही नाममा नयाँ ‘परिवर्तन’ दर्शकमाझ आउन लागेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच