
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’को पोष्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो । पोष्टरमा चलचित्रकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल हुनुहुन्छ । उहाँलाई बारमा देखाइएको छ । औंलामा चुरोट च्यापेर बस्नुभएकी उहाँ तनावमा देखिनुहुन्छ । निलो लाइटको संयोजन रहेको पोष्टरमा उहाँको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडि रक्सीको कप र औंलाको चुरोटले उहाँ बारगर्ल रहेको संकेत गर्छ । तर, निर्माणपक्षले यसबारे केही जनाएको छ ।
बलिराम चौहानको निर्देशन रहने यो चलचित्रको गत बिहीबारबाट छायांकन सुुरु गरिएको छ । उहाँको यो डेब्यु निर्देशन हो । काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा छायांकन गरिने चलचित्रको छायाकंन तालिका २० दिनको छ । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुनुहुन्छ ।
‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी हुनुहुन्छ । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा हुनुहुन्छ ।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने यस चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनुभएको छ । कार्यकारी निर्मातामा भने छायांकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनुभएको छ भने चलचित्रको छायांकन मैनालीले नै गरिरहनुभएको छ ।
आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक हुनुहुन्छ । यस चलचित्रलाई सन् २०२५ भित्रै सिनेमाघरमा ल्याउने निर्देशक चौहानले जानकारी गराउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच