
काठमाडौं । आगामी असार २७ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘यो मन त मेरो नेपाली हो’को टिजर सार्वजनिक गरिएको छ । एक मिनेट ३४ सेकेण्ड लामो टिजरले चलचित्रको कथावस्तुबारे प्रकाश पारेको छ । भुटानी शासकबाट लखेटिएका भुटानीको पीडा र नेपालको धर्म-संस्कृतिमाथि भइरहेको आक्रमणलाई चलचित्रले मुख्य कथावस्तु बनाएको टिजरबाट बुझ्न सकिन्छ ।
मित्र प्रधान (नर)को निर्देशनमा तयार भएको यो चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशीलगायतको अभिनय छ ।
पद्ममा ईश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको चलचित्रलाई ज्ञानबहादुर प्रधान (रोशन)ले निर्माण गर्नुभएको हो । यसमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिश शाहको दृश्य सम्पादन छ ।
चलचित्रले नेपाली भाषाप्रतिको आकर्षण र इतिहासलाई दर्शाउने जनाइएको छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बंगाल राज्यको जयगाउँ र अमेरिकामा छायांकन गरिएको यो चलचित्रमा दीपक शर्मा, विकास चौधरी र थोरम्पो हृयङ राईको संगीत छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच