
काठमाडौं । बडा दशैँको फूलपातीदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘बलिदान’को लागि अभिनेता सौगात मल्लको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक चलचित्रका दुई पोष्टरमा अभिनेता मल्ल एक सशक्त र रहस्यमय अवतारमा देखिनुभएको छ ।
एक पोष्टरमा मल्लको एउटा आँखा कालो रङको छ । उहाँले लामो दाह्री, केश र गाढा रङको वस्त्र धारण गर्नुभएको छ । उहाँको हातमा एउटा बलिरहेको राँको देखिन्छ । पृष्ठभूमिमा अन्य मानिसहरूको समूह र आगोको ज्वाला देख्न सकिन्छ, जसले चलचित्रको कथावस्तु द्वन्द्वात्मक प्रकृतिको रहेको जानकारी दिन्छ ।
अर्को पोष्टरमा अभिनेता मल्लले हातमा हतियार बोकेर लडाइँको परिवेशमा देखिनुभएको छ । निर्देशक सन्तोष सेनका अनुसार, ‘बलिदान’मा अभिनेता मल्लको विल्कुलै फरक अवतार रहेको छ, जसका लागि उहाँले अधिक मिहिनेत गर्नुभएको छ । ‘बलिदान’मा उहाँको यो फरक र शक्तिशाली गेटअपले दर्शकहरूलाई सिनेमा घरसम्म तान्न सफल हुने अपेक्षा गरिएको छ । ‘बलिदान’लाई चाडपर्वको माहौलमा दर्शकहरूका लागि एउटा उत्कृष्ट मनोरञ्जनको खुराकको रूपमा हेरिएको छ ।
आसुसेन फिल्मस् प्रालिको प्रस्तुति रहेको यस चलचित्रमा समीर भट्ट, सौगात मल्लसँगै अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरीलगायत कलाकारको अभिनय छ । चलचित्रको पवन ब्राडफोर्ड विष्ट निर्माता तथा प्रेम पुरी कार्यकारी निर्माता रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच