
काठमाडौं । टेलिसिरियल ‘बाचा बन्धन’को ट्रेलर सार्वजनिक गरिएको छ । ३० वर्ष पहिले र अहिले दुई पुस्ता बीचको रोचक ऐतिहासिक प्रेम कथामा बनेको टेली सिरियल ‘वाचा बन्धन’को ट्रेलर रिलिज गरिएको छ । नियतिको बन्दी बनेको अमर अजर प्रेम ट्रेलरमा देख्न सकिन्छ । ओएसआर डिलिटलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा सकम्वरी नामले चिनिनुभएकी मोडल कुशुम शर्मा, सरिता ढुंगाना, प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मि भट्ट सुभाष गजुरेललगायत कलाकारलाई देख्न सकिन्छ ।
कमल बुढाथोकीको प्रस्तुति रहेको यो टेलिसिरियललाई दीपा बुढाथोकी, कमल बुढाथोकी मिलेर निर्माण गर्नुभएको हो । यज्ञजंग विक (आयुष)को लेखन निर्देशन रहेको यस टेली सिरियलमा हेमराज घर्ती कार्यकारी निर्माता रहनुभएको छ । शिव विकको छायांकन, उमेश थापामगरको दृश्य सम्पादन, प्रवीण ढकालको कलर, रतिश भारतीको भिएफएक्स, नेत्र विष्टको निर्माण नियन्त्रण, सविन गायकको पोष्टर, आकाश मगरको गीत संगीत एरेञ्ज, मुभि प्वाइन्टको पोष्ट प्रोडक्सन अनि लोकप्रिय गायक रामचन्द्र काफ्लेको गायन रहेको छ ।
यो टेलिसिरियल यही जेठ ३१ गते शनिबार ७ बजे ओएसआर डिजिटल युट्युबमार्फत पहिलो भाग सार्वजनिक हुने र प्रत्येक शनिबार साँझ ७ बजे नै दर्शहरूले ‘वाचा बन्धन’ हेर्नसक्ने निर्माणपक्षले जनाएको छ । बनिरहेका अन्य टेलिसियलभन्दा उत्कृष्ट र फरक रहेको दाबी गरिएको यो सिरियलमा अन्य कलाकारमा प्रेमदेव गिरि, सविन बास्तोला, प्रिया रिजाल, आयुष विसी, यादव गिरि, प्रशान्त मगरलगायत दुई दर्जन नयाँ पुराना कलाकार छन् । ललितपुरको छम्पी र रूकुम पूर्वीभागको लुगुम नरीबाङको रमणीय दृश्यहरूमा यो टेलिसिरियल छायांकन गरियको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच