
काठमाडौं । नेपाली राजनीति र साहित्यको शिखरविन्दु विश्वेश्वरप्रसाद कोइरालाको कृतित्व र व्यत्तित्वको मूल्यांकन कृति कल्पतरू प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको छ । गोकर्णेश्वर नगरपालिकाको सहयोगमा प्रकाशित सो कृतिको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि नगरपालिकाका मेयर दीपक रिसालले साहित्य र संस्कृतिका धरोहर बीपी बारेको प्रकाशित कृतिले यो क्षेत्रको समेत विशेष परिचय गराउने छ भन्दै ०१७ सालपछि सुन्दरीजलको कठोर जेल यातनामा रहँदा बीपीले लेख्नु भएको साहित्यिक कृति अमर भएको चर्चा गर्नु भयो ।
उहाँले गोकर्णेश्वर क्षेत्रमा बस्नु भएको हुनाले बीपीलाई गोकर्णेश्वरले आफ्नै घरको ठान्ने टिप्पणी गर्दै यस क्षेत्रमा भैरव अर्याल, रमेश विकल, विजय चालिसे जस्ता मूर्धन्यहरूको योगदान सदा स्मरणीय रहेको बताउनुभयो । प्रमुख रिसालले गोकर्णेश्वर नगरपालिका सदा साहित्य र संस्कृतिप्रति प्रतिबद्ध रहेको र आगामी दिनमा समेत कृति प्रकाशनमा सहयोग गर्ने जानकारी दिनुभएको थियो ।
स्मरणीय छ केही दिन पहिले मात्रै दिवंगत वरिष्ठ पत्रकार एवं साहित्यकार विजय चालिसेलाई अन्तिम श्रद्धाञ्जलिमा गोकर्णेश्वर नगरप्रहरीले समेत सम्मान प्रकट गरेको थियो जुन पहिलो घटना मानिन्छ । यसमा नगरप्रमुखसहित सिंगो पालिकाप्रति सबैले आभार प्रकट गरेका छन् । कल्पतरू प्रज्ञा प्रतिष्ठानका सभापति साहित्यकार नवराज पुडासैनीको सभापतित्वमा सम्पन्न लोकार्पण कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा.कुलप्रसाद कोइरालाले साहित्य र राजनीतिको सन्धिविन्दु बीपीका विषयमा पर्याप्त विमर्श र अनुसन्धान हुनुपर्ने विचार प्रकट गर्नुभएको थियो ।
संग्रहमा प्राडा.अभि सुवेदी, प्राडा.कुमारप्रसाद कोइराला, प्राडा. कुलप्रसाद कोइराला, बलदेव मजगैयाँ, प्राडा.कुसुमाकर न्यौपाने, प्राडा.गोपालप्रसाद भण्डारी, प्राडा.गोविन्दराज भट्टराई डा.तुलसीप्रसाद भट्टराई, प्राडा.ज्ञानु पाण्डे, प्रा.पुरुषोत्तम दाहाल, प्राडा.कृष्णप्रसाद दाहाल, डा.गोविन्दमान सिंह कार्की, प्राडा.नारायण चालिसे, डा.रत्नमणि नेपाल, बद्रीप्रसाद ढकाल, डा.विदुला घिमिरे, विवश पोख्रेल, शान्ति न्यौपाने र शारदा पराजुलीका विश्लेषणमूलक १९ वटा लेखहरू समाविष्ट छन् ।
प्रकाशित संग्रहको समीक्षा प्राडा.ज्ञानु पाण्डे र प्राडा.कृष्णप्रसाद दाहालले गर्नुभएको थियो । समीक्षासहित विचार प्रकट गर्नेहरूमा डा.तुलसी भट्टराई, प्रा.पुरुषोत्तम दाहाल, नेपाली लेखक संघका सभापति वियोगी बुढाथोकी, अभिनवका अध्यक्ष गोविन्द घिमिरे वेद्मणि, डा.गोविन्दमान सिंह अधिकारी, संस्थाका उपाध्यक्ष द्वय डा.विदुला घिमिरे र विमल अर्याल, वडा ६ का अध्यक्ष नवराज लामा र राजन पुडासैनी हुनुहुन्थ्यो ।
संग्रहका सम्पादक वरिष्ठ साहित्यकार गोकुल अधिकारीले बीपी विचारलाई यसरी प्रस्तुत गर्न पाएकोमा प्रसन्नता प्रकट गर्नुभएको थियो भने प्रसिद्ध साहित्यकार रत्ननिधि रेग्मीले सिर्जनामा बीपी कविता प्रस्तुत गर्नुभएको थियो । केही दिन पहिले दिवंगत हुनुभएका साहित्यकार एवं वरिष्ठ पत्रकार विजय चालिसे, साहित्यकार भाग्यशाली अधिकारी र हास्यकलाकार घनश्याम गौतकप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच