
काठमाडौं । लेखक, पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीको कथासंग्रह ‘सत्यम’ लोकार्पण गरिएको छ । शनिबार प्रज्ञा प्रतिष्ठानमा एक विशेष कार्यक्रमबीच प्रमुख अतिथि प्राडा.दयाराम श्रेष्ठ, प्राडा.गोविन्दराज भट्टराई, साहित्यकार भुवनहरि सिग्देललगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । प्रमुख अतिथि प्राडा.श्रेष्ठले कृतिकार वियोगीको प्रसंशा गर्दै कथाका विविध आयामबारे चर्चा गगर्नुभएको थियो ।
प्राडा.भट्टराईले एउटा सर्जकका लागि पुस्तक नै महत्वपूर्ण भएको उल्लेख गर्दै वियोगीको ‘सत्यम्’मा समयको प्रतिविम्ब झल्किएको जिकिर गर्नुभयो । कार्यक्रममा डा.अशोक थापा र अनुपमा रेग्मीले कृतिमाथि समीक्षात्मक मन्तव्य राख्नुभएको थियो । उहाँहरूले कथामा प्रस्तुत विषयवस्तु, त्यसले बोकेको समाज र समयको चर्चा गर्नुभएको थियो । कथाकार वियोगीले आफ्नो कथा लेखन र कृति सिर्जनाबारे बताउनुभएको थियो ।
पेज टर्नरले आयोजना गरेको कार्यक्रममा असमबाट आउनुभएका नेपालीभाषी साहित्यकार ज्ञानबहादुर क्षेत्री, कवि साहित्यकार भुवनहरि सिग्देलले कृतिबारे आफ्ना भनाइ राख्नुभएको थियो । करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय वियोगीसँग विगतमा नेपाल समाचारपत्र, नागरिक दैनिकलगायत विभिन्न दैनिक तथा साप्ताहिक पत्रिकामा काम गरेको अनुभव छ ।
साहित्य लेखनमा विशेष रुचि राख्ने वियोगी विशेषतः कथा र निबन्ध विधामा कलम चलाउनुहुन्छ ‘कविडाँडा राष्ट्रिय निबन्ध प्रतियोगिता २०७८’ मा उहाँको निबन्ध ‘कोरोनाको कर्खा’ प्रथम भएको थियो भने ‘बाह्रखरी राष्ट्रव्यापी खुला कथा प्रतियोगिता’को पहिलो संस्करणमा उहाँको ‘टाउको’ शीर्षकको कथा दोस्रो भएको थियो । उहाँका शब्द सिर्जनामा करिब एक दर्जन जति आधुनिक तथा लोक-आधुनिक गीत रेकर्ड भएका छन । पेज टर्नर प्रालिले प्रकाशन गरेको १५ कथा संग्र्रहित कृतिको बजार मूल्य ४५५ रुपैयाँ राखिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच