
मोरिसभिल, नर्थ क्यारोलाइना । पूर्वशिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोख्रेल तथा स्थानीय नेपाली समुदायबीच शिक्षा विषयमा केन्द्रित रहेर अमेरिकामा हालै एक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा नेपालमा रहँदा शिक्षण पेशामा आबद्ध भइसकेका र एक दशकभन्दा लामो समय अमेरिकामा रहेर शिक्षण पद्धतिलाई नजिकबाट नियालेका नेपाली विद्वत वर्गले नेपाल र अमेरिका बीच शिक्षण विधिमा भएका भिन्नता र एकरूपताका बारेमा आ-आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा नेपालको पाठ्यक्रम तथा शिक्षणमा गर्न सकिने परिवर्तन र सुधारका बारेमा छलफल भएको थियो ।
पोख्रेलले आर्थिक समृद्धि नभई शिक्षामा सुधार गर्न नसकिने, आर्थिक विकासका लागि प्रवासमा बस्नुहुने प्रबुद्ध वर्गलाई पनि जोडिनुपर्ने धारणा राख्नुभयो । अबको शिक्षालाई बढी प्रयोगात्मक बनाउन, सूचनाप्रविधि र नीति निर्माणमा जोड दिँदै सामुदायिक विद्यालयलाई गुणात्मक बनाउन सरकारले चासो दिई त्यही अनुसारको नीतिनिर्माण तर्जुमा गर्नेतर्फ सबै लागिपरेको उहाँले बाउनुुभयो । केही नयाँ विश्वविधालयहरू खुलेका र तिनले विदेशी विद्यार्थीलाई समेत आकर्षण गर्नेसक्ने पोख्रेलले जानकारी दिनुभयो ।
नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसिएनसी) का संस्थापक अध्यक्ष ईश्वर देवकोटाले नेपालका विद्यालयमा पनि अमेरिकामा जस्तै विद्यार्थीले क्षमता र रुचि अनुसार कलेजका केही कोर्स विद्यालयमै अध्ययन गर्न पाउने अवसर प्रदान गर्ने नीति भए उत्तम हुने धारणा राख्नुभयो । एनसिएनसीका वर्तमान अध्यक्ष डा.विकास शाक्य, संस्थाकी पूर्वअध्यक्ष डा.सुष्मा प्रधान, योगमाया विश्वविद्यालय परिषद् सदस्य तथा साहित्यकार डा.नीलम कार्की निहारिका, डा.श्रीकान्त अधिकारी, विनोद ढकाल, नर्थ क्यारोलाइनी नेपाली साहित्य समाजका अध्यक्ष शिखर दुलाल, नर्थ क्यारोलाइना नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष मनोज प्रधान, आरम्भ नेपाली पुस्तकालयकी संस्थापक मेघा लिंक्स, डा.ऋषि बस्ताकोटी, साहित्यकार शिशिर खनाल, कल्पना घिमिरे, स्थानीय व्यवसायी तथा समाजसेवी रवीन्द्र कार्की, प्रभा पोखरेल, चिकित्सक तथा लामो समय मेडिकल शिक्षणमा आबद्ध डा.भाष्कर कुँवर क्षेत्रीलगायतले धारणा राख्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच