
विमानस्थल भित्र हुलका हुल मान्छेहरू देखिन्छन्
सबैको हातमा पासपोर्ट अनि साथमा सुट्केस देखिन्छ ।
यो क्रम एक दिन मात्र होइन
दुई दिन मात्र होइन
दिनका दिन दोहोरिरहन्छ ।
यहाँ तेस्र्याइएका कुर्सीहरू भरिरहन्छन्
चील गाडीहरू अटाइनटाई मान्छे लिएर उडिरहन्छन् ।
उता गाउँमा गैरी खेतको धारो सबै झार जंगलले पुरिसक्यो
हिँड्ने बाटोहरू घासैघासले जेलिसक्यो ।
खेतमा पानी लगाउने कुलोहरूलाई पतिंगरले पुरीसक्यो
खेतमा धान होइन बनमारा झुलेको धेरै भइसक्यो ।
भनेको सुनिन्छ,
विदेशतिर नेपालीको गाउँ नै बन्यो रे
स्वदेशमा भन्दा विदेशमा पो नेपाली साथी धेरै भए रे ।
विदेशमा नेपालीको छोरो विधायक भयो रे ।
नेपालीले आफ्नै संगठन बनाएका छन रे ।
यी सबै भए, धेरै भए
तर नेपाल रित्तो भयो ।
त्यसैले त आज
नेपाल आमाको मुटु भतभती पोलिरहेछ ।
बाझो पल्टिएका बेसी खेतहरू धर धरी रोइरहेछन् ।
छोराछोरी विदेशिएका बाउआमाको मन भक्कानी रहेछ
छहरे छागा र अरुण खोलाहरू एक्लै बगिरहेछन् ।
त्यसैले त अब हामी फर्कनु छ ।
नेपाललाई संसारकै एक नम्बर बनाउनु छ ।
सगरमाथाको सान फेरि बढाउनु छ ।।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच