काठमाडौं । शनिबार वीरगञ्जको बौहरवा भाटीमा ‘माइलेज च्याम्पियन २०२५’ भएको छ । रिशव इम्पेक्सको आयोजनामा भएको कार्यक्रममा ७० प्रतिस्पर्धीले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रम अवधिभर करिब चार सयभन्दा बढी दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो । उक्त माइलेज प्रतियोगिता सवारी साधनमार्फत् इन्धनको अधिकतम उपयोग र दक्षता प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतिस्पर्धामा सहभागीलाई एक लिटर पेट्रोल उपलब्ध गराई त्यसमा कसले बढी दूरी तय गर्न सक्छ भन्ने आधारमा विजेता चयन गरिएको थियो ।
प्रतियोगितामा विजेता बन्नुभएका प्रिन्स पटेलले एक लिटर पेट्रोलमा ९२ किलोमिटर दूरी पार गर्दै पहिलो स्थान हासिल गर्नुभएको थियो भने उपविजेता हिराल मुखियाले ८७ किलोमिटर र सञ्जितकुमार गुप्ताले ७२ किलोमिटरको माइलेज तय गर्दै दोस्रो उपविजेता बन्न सफल हुनुभएको थियो । कम्पनीका अनुसार यस किसिमका कार्यक्रमले उपभोक्तामा इन्धन दक्षता, स्मार्ट र दिगो सवारी प्रयोगका उपायबारे जनचेतना अभिवृद्धि गर्नुका साथै ग्राहकसँगको सम्बन्ध थप प्रगाढ बनाउँछन् । बजाज कम्पनीको प्लाटिना बाइक बढी माइलेज दिने बाइकमध्येमा पर्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच