काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको १०औँ वार्षिक साधारणसभा धादिङस्थित ट्रिपल क्राउन रिसोर्टमा सम्पन्न भएको छ । साधारणसभाले सञ्चालक समितितर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गरेको छ । लेखापरीक्षकको वार्षिक प्रतिवेदनसहितका आर्थिक वर्ष २०८०/८१ सम्मको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरणसहित सम्बन्धित अनुसूचीहरू र नेपाल वित्तीय प्रतिवेदन, एनएफआरएसबमोजिम तयार गरिएको वार्षिक वित्तीय प्रतिवेदन पनि पारित गरेको छ ।
साथै नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम सेयर संरचना परिवर्तन सम्बन्धमा छलफल गरी पारित गर्ने प्रस्ताव पारित गरेको छ । वित्तीय संस्थामा गाभ्ने र गाभिने वा एक्विजिसनसम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न, सम्पत्ति दायित्व तथा कारोबारको मूल्यांकनकर्ता नियुक्त गर्न तथा निजको पारिश्रमिक निर्धारणलगायत अन्य सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णयसमेत गरेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच