
काठमाडाैं । प्यालेस्टिनी समाचार एजेन्सी वाफाले स्वास्थ्य अधिकारी र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै गाजा पट्टीमा दुई सहायता वितरण केन्द्र नजिकै इजरायली आक्रमणबाट कम्तीमा पाँच प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । एक सय भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ ।
दक्षिणी शहर रफाहमा गाजा मानवीय फाउण्डेसनद्वारा सञ्चालित खाद्य वितरण केन्द्र नजिकै ठूलो भीड जम्मा हुँदा बिहान ६ बजे गोलीबारी भएको थियो । इजरायल र संयुक्त राज्य अमेरिका दुवैको सहयोगमा स्थापित उक्त स्थल शनिबार बिहान खोल्ने तालिका थियो ।
अस्पतालका कर्मचारीहरूकाअनुसार चार जनाको शव खान युनिसको नासेर अस्पतालमा लगिएको थियो ।
- सिन्ह्वा/न्युज एजेन्सी नेपाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच