काठमाडौं । लुम्बिनी प्रदेश यू-१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत एथलेटिक्समा सोमबार च्याम्पियन बनेको छ । लुम्बिनी सर्वाधिक चार स्वर्ण जित्दै च्याम्पियन बन्यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा कर्णाली प्रदेश दुई स्वर्ण र पाँच रजतसाथ दोस्रो भयो । गण्डकी प्रदेश र मधेस प्रदेश समान दुई स्वर्ण, एक रजत र एक कांस्यसाथ संयुक्त रूपमा तेस्रो भए । १२ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशले समान एक-एक स्वर्ण जिते ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दोस्रो तथा अन्तिम दिन छात्र÷छात्रामा समान तीन-तीन गरी ६ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो । छात्र दुई सय मिटरमा गण्डकीका हेमराज चौधरी पहिलो हुनुभयो । उहाँले निर्धारित दूरी २४.९ सेकेण्डमा पूरा गर्नुभयो । मधेसका आयुश चौधरी दोस्रो तथा कोशीका नितेश भट्टराई तेस्रो हुनुभयो । सोही स्पर्धाको छात्रामा लुम्बिनीकी अनुजा थारु चौधरी पहिलो हुनुभयो । अनुजाले निर्धारित दूरी तय गर्न ३१.४ सेकेण्ड समय खर्चिनुभयो । कोशीकी अस्मिता लाम्गाडे दोस्रो तथा मधेसकी वर्षा योञ्जन तेस्रो बन्नुभयो ।
नेपालय इन्टरनेसनल म्यानेजमेन्ट प्रालिको सह-आयोजना तथा नेपाल विद्यालय खेलकुद महासंघको संयोजनमा भएको प्रतियोगिताको छात्र आठ सय मिटर दौडमा बागमतीका हस्त सुनारले स्वर्ण जित्नुभयो । उहाँले दुई मिनेट ०७.४ सेकेण्ड समय निकाल्नुभयो । कर्णालीका विवेक बोगटीले रजत तथा कोशीका नितेश भट्टराईले कांस्य हात पार्नुभयो । उक्त स्पर्धाको छात्रामा लुम्बिनीकी चाँदनी पासी दुई मिनेट ४७.३ सेकेण्ड समयसाथ शीर्ष स्थानमा रहनुभयो । कोशीकी जुही राई दोस्रो तथा सुदूरपश्चिमकी रचना बोहरा तेस्रो हुनुभयो ।
छात्र चार गुणा एक सय मिटर रिलेमा मधेस पहिलो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे । त्यसै स्पर्धाको छात्रामा लुम्बिनी, कर्णाली र कोशीले क्रमशः शीर्ष तीन स्थान हात पारे ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
धान बालीमा कृषि यान्त्रीकरण :
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम
मुगुमा जातीय विभेद अन्त्यका लागि
श्रीमान् हत्या आरोपमा श्रीमतीसहित छोरा
केटाकेटी आए गुलेली खेलाए…