पेरिस । युवा स्पेनी खेलाडी कार्लोस अल्काराजले लगातार दोस्रोपटक फ्रेन्च ओपनको उपाधि जित्नुभएको छ । २२ वर्षीय अल्काराजले इटालीका जानिक सिन्नरलाई ४-६, ६-७ (४), ६-४, ७-६ (३), ७-६ (१०-२) ले पराजित गर्दै उपाधि जित्नुभएको हो । यो अल्काराजको पाँचौं ग्राण्डस्लाम उपाधि हो ।
अहिलेसम्म अल्काराजले दुई विम्बल्डन (२०२३, २०२४), दुई फ्रेन्च ओपन (२०२४, २०२५) र एक युएस ओपन (२०२२) उपाधि जित्नुभएको छ । जितपछि अल्काराजले सिन्नरको प्रशंसा गर्दै भन्नुभयो, ‘तपाईंको खेल अद्भूत छ ।
हरेक प्रतियोगितामा तपाईंसँगै कोर्टमा हुनु र इतिहासको हिस्सा हुनु मेरा लागि गर्वको कुरा हो ।’ पाँच घण्टा २९ मिनेटसम्म चलेको खेल फ्रेन्च ओपनको इतिहासमा सबैभन्दा लामो फाइनल थियो । एजेन्सी ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच