
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ रित्तो भइसकेको बताउनुभएको छ ।
सोमवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अहिले गाउँ रित्तिसकेको र गाउँमा बस्न कोही तयार नरहेको बताउनु भयो । सबै तराईमा आइसकेको उल्लेख गर्दै पहाडमा बस्न कोही तयार नरहेको बताउनु भयो । पहाडमा सुविधा दिन सकेको खण्डमा सबैले मन पराउने बताउनु भयो । सभापति देउवाले नेपालको सबै क्षेत्रको विकासलाई ध्यानमा राखेर योजनाहरु बनाउनुपर्ने बताउनु भयो ।
उहाँले जलवायु परिवर्तनका कारण नेपालमा धेरै ठूलो असर परिरहेको बताउनु भयो । हिउँ पग्लिरहेको, हिमाल नाङ्गो भइसकेको बताउनु भयो । उहाँले यसले भविष्यमा नेपाललाई ठूलो असर पर्ने बताउनु भयो । नेपाल जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित हुने मुलुक रहेको बताउनु भयो । जलवायु परिवर्तनको समस्या नेपालमा विकराल रहेको बताउनु भयो । जंगलको बचाउँदा बचाउँदै पनि जलवायु परिवर्तनको असर ठूलो रहेको बताउनु भयो ।
सभापति देउवाले भन्नुभयो, ‘विपी कोईरालाले गाउँको विकास गर्नुपर्छ भन्नुहुन्थ्यो । तर अब अहिले गाउँ नै रित्तिसक्यो । गाउँ छैन । कोही गाउँमा बस्न तयार छैन । सबै तराईमा आइसकेका छन् । पहाडमा बस्न कोही तयार छैनन् । पहाडमा सुविधा दिन सकेको खण्डमा पहाड सुन्दर र सफा छ । हावापानी राम्रो छ । सुविधाहरु पनि त्यस्तै हुनुपर्दछ ।’
सभापति देउवाले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनको असरलाई नमान्ने गरेको र बेकारको कुरा भनिरहेको बताउनु भयो । ट्रम्प पेरिस सम्झौताको विरुद्धमा रहेको बताउनु भयो ।
सन् २०१५ डिसेम्बर १२ मा फ्रान्सको पेरिस शहरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय २१औं सम्मेलनमा १९५ देश सहभागी थिए । यसले जलवायु परिवर्तनको समस्या समाधान गर्न एक ऐतिहासिक सम्झौता गरेको थियो ।
जसमा विश्वको औसत तापमान वृद्धिलाई २ डिग्री सेल्सियसभन्दा कममा सीमित राख्ने, १.५ डिग्री सेल्सियसभित्र सीमित गर्ने प्रयास गर्नेलगायत जलवायु परिवर्तनबाट प्रभावित देशहरूको क्षति–नाेक्सानी सम्बोधन गर्न सहयोग गर्ने लगायतका सम्झौता भएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच