
काठमाडौं । साहित्यकार गोकुल व्याकुलको ‘भूकम्पका कथा-व्यथा’ लोकार्पण गरिएको छ । एक कार्यक्रमबीच नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा स्रष्टा समाजका संरक्षक साहित्यकार पवन आलोक, स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन, प्राडा कृष्णप्रसाद दाहाल लगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो । प्राडा.कृष्णप्रसाद दाहालले कृतिमा लेखकको ६ दशकको साधनाको उपलब्धि भएको बताउनुभयो । कृतिमा भूकम्पीय अनुभव सुन्दर तरीकाले समेटेको लेखकको भनाइ थियो ।
समीक्षात्मक टिप्पणी गर्दै प्राडा गोविन्दमानसिंह कार्कीले ‘भूकम्पका कथा-व्यथा’ मा भूकम्पसँग जोडिएका अनेक रचना कृतिमा भेटिएको बताउनुभयो । स्रष्टा समाजका संरक्षक साहित्यकार पवन आलोकले कृतिकार र आफू अरुण नदी वारिपारिको भएको चर्चा गर्दै उहाँको साहित्यिक सक्रियताको प्रशंसा गर्नुभएको थियो ।
साहित्यकार श्रीओम श्रेष्ठ रोदनले ०७२ सालको भूकम्पको प्रसंग उठाउँदै सडकमा रात बिताउनेहरूले भूकम्प बिर्सिसकेको बेला व्याकुलले तिनै सन्दर्भको दस्तावेजीकरण गरेको बताउनुभयो । स्रष्टा व्याकुलले आफ्नो काव्य यात्राको चर्चा गर्दै कृति तयार गर्दाको अनुभव सुनाउनुभएको थियो । स्रष्टा पत्नी सूर्यकुमारी भण्डारीले प्रकाशनमा ल्याएको उक्त कृतिमा ४१ रचना संग्रहीत छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच