
काठमाडौं । चलचित्र ‘सिटामोल’का तीन नयाँ पोष्टर सार्वजनिक गरिएको छ । सार्वजनिक तीनमध्ये एक पोस्टरमा सौगात मल्ल, वेनिशा हमाल र बाल कलाकार करण नेपाली भावुक मुहारमा देखिनुभएको छ । अर्काे पोष्टरमा सौगात र वेनिशासहित श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा र लोकेन्द्र लेखक आ-आफ्नो क्यारेक्टर लुक्समा हुनुहुन्छ । यस्तै अर्कोे पोस्टरमा सौगात मात्र हुनुहुन्छ । उहाँ वैशाखीमा निराश भावमा कतै हिँडिरहेको देखिनुहुन्छ ।
साउन २३ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको यो चलचित्रमा सौगात, वेनिशा, श्रीकृष्ण, जानुका, करण र लोकेन्द्रसँगै भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेललगायत कालकारको अभिनय छ । राजबहादुर सानेको निर्देशन रहेको ‘सिटामोल’ले नेपाल र आम नेपालीको जनजीवन र परापूर्वकालदेखि नेपाली समाजमा जरा गाडेर बसेको कुसंस्कारलाई देखाउने बताइएको छ ।
तुल्सी देवी फिल्म प्रालिले जुनतारा फिल्मस्को सहकार्यमा निर्माण गरेको यो चलचित्रको कथा प्रदीप भारद्वाज र निर्देशक सानेले लेख्नुभएको हो । सिमोस सुनुवारको प्रस्तुति रहेको चलचित्रमा भुगोलकुमार कार्की र विकाशराज जोशी निर्माता तथा अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच