
काठमाडौं । ‘मिस सुप्रानेसनल नेपाल २०२५’ की विजेता दिक्षा अवस्थी पोल्याण्ड प्रस्थान गर्नुभएको छ । पोल्याण्डमा हुने मिस सुप्रानेसनलमा सहभागी हुन उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँ सोमबार बिहान नेपालको झण्डा ओडाउँदै बिदाइ गरिएको थियो । नौदेखि २७ जुनसम्म हुने प्रतियोगितामा दीक्षाले नेपाललाई प्रतिनिधित्व गर्नेछिन् ।
नेपालको प्रतिनिधित्व गरेर जान पाउँदा निकै खुशी लागेको दीक्षाले बताउनुभयो । ‘मलाई एकदम खुशी लागेको छ । विश्वका ७० बढी देशहरूबाट सहभागिताका लागि आउनुहुनेछ । त्यो ठूलो स्टेजमा नेपालबारे सबैलाई चिनाउनेछु,’ दीक्षाले भन्नुभयो । मिस सुप्रानेसनलमा नेपालले राम्रो स्थान हासिल गर्ने मिस्टर एण्ड मिस नेसनलका राष्ट्रिय आयोजक डा.सन्तोष उपाध्ययको विश्वास छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच