
काठमाडौं । पछिल्लो समयमा गजल सार्वजनिक हुने क्रम तीव्र रूपमा अगाडि बढिरहेको छ । विसं २०८०-९० को समयलाई नेपाली गजल गायनको स्वर्ण दशक घोषणा गरिएको समयमा यसरी गजल गायनका रूपमा सार्वजनिक हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
यसै सिलसिलामा विगगका दिनमा गीतका माध्यमबाट आफ्नो सांगीतिक उपस्तिथि देखाइरहनुभएकी देवी घिमिरे यसपटक गजलकारको रूपमा आउनुभएको छ ।
विश्वकीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको संगीत र पछिल्लो समयका लोकप्रिय गायक करण परियारको स्वरसहित त्रिवेणीको रूपमा ‘नछोप ती गुलाबझैँ अधर...’ बोलको गजल सार्वजनिक भएको छ । गजललाई मनोहर सुनामले संगीत संयोजन गर्नुभएको छ ।
यस गजललाई राजाबाबु थारूले रेकर्डिङ गर्नुभएको हो भने प्रकाश मिश्रले ध्वनि सम्पादन गर्नुभएको छ । अकस्टिक नेपाल स्टुडियोमा रेकर्डिङ गरिएको गजललाई स्टुडियोभित्रै छायांकन गरिएको छ । गजलको छायांकन/सम्पादन राजन खरेलले गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच