
काठमाडौं – वेस्ट इन्डिजका विस्फोटक ब्याटर निकोलस पूरनले २९ वर्षको उमेरमै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । अब उहाँले विभिन्न फ्रेन्चाइज लिगहरू मात्र खेल्नु हुनेछ ।
विश्व क्रिकेटमा आक्रमण ब्याटिरका रुपमा परिचित पूरनले वेस्ट इन्डिजका लागि ६१ ओडिआई र १०६ टी–२०आई खेल खेल्नुभएको छ ।
उहाँले ओडिआईमा ६१ खेलमा ३ शतक र ११ अर्धशतकसहित १९८३ रन बनाउनुभएको छ। त्यस्तै टी–२०आईमा १०६ खेलमा १३ अर्धशतकसहित २२७५ रन बनाउनुभएको छ ।
क्रिकेट वेस्ट इन्डिजले पूरनप्रति सम्मान व्यक्त गर्दै भनेको छ, ‘हामी उनका उपलब्धिहरूलाई सम्मान गर्छौं र उनले दर्शकहरूलाई दिएका रमाइला क्षणहरूका लागि धन्यवाद दिन्छौं। भविष्यका लागि शुभकामना।’
पूरनले वेस्ट इन्डिजका लागि अन्तिम टी२० खेल सन् २०२४ डिसेम्बरमा बंगलादेशविरुद्ध खेल्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच